News विचार

टोपबहादुर र बादलका छोराको फायल खुल्दा नन्दबहादुरका छोराको फायल किन खुलेन ?

रामप्रसाद रिजाल

टोपबहादुर र बादलका छोराको फायल खुल्दा नन्दबहादुरका छोराको फायल किन खुलेन ?

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लाने गिरहमा फसेका नेकपा एमालेका सचिव समेत रहेका टोपबहादुर रायमाझी विरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। यस्तो अवस्थामा एमालेले तत्काल उनले सचिव पदबाट निलम्बन गर्ने आँट गर्नुपर्ने हुन्छ । गलत कार्यका विरुद्धमा जो सुकै होस पार्टीले संरक्षण गर्ने काम कदापी गर्नु हुँदैन । करोडौं रकमको चेक लिएको कुरा एमालेलाई मान्य हुदैन। त्यही पनि सक्कली नेपालीलाई नक्कली भुटानी बनाएर रकम कुम्ल्याउने सम्मको अपराध एमालेले बोक्नु हुदैन । एमाले जनताको लोकप्रिय पार्टी हो । यस्तो जनसरोकारका महत्वपूर्ण बिषयमा छानबिनलाई सहयोग पु¥याउन सक्नुपर्छ र मात्र जनतामा विश्वासको सञ्चार हुन्छ।

एमाले, कांग्रेस, माओवादी वा अन्य जुनसुकै दलका हुन्, देश लुट्ने धमिराहरूलाई हदैसम्मको कारबाही हुनुपर्छ। राज्य विरुद्दको अपराध कुन तहको नेताबाट भयो भन्ने हुन्न । जो सुकै होस कानुनि कार्वाही हुनुपर्छ। निस्पक्ष छानविन होस्। टोपबहादुर रायमाझीको संलग्नता छ/छैन अनुशन्धानले बताउला। तर उनका छोरा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोराको नाम आउँदै गर्दा नन्दकिशोर पुनका छोराको नाम किन छुट्यो ? यीनका बाउहरू शक्तिशाली सत्तामा रहँदा यीनका लुट अचाक्ली थियोे । आरजु राणा लगायतका अन्य नेताहरूको फाइल कहिले खुल्छ ? अब सबैका कर्तुतको फाइलहरू खुल्नुपर्छ ।

हामी अन्यायमा पर्दा, हामीलाई सुनियोजित रूपमा कसैले अप्ठ्यारोमा पार्दा तिनैका पैसा खाएर उल्टै शक्तिको दुरुपयोग गरेर अन्यायमा पार्नेहरूलाई अब नेता मान्न नपरोस् । जनताले ठुला दलहरु सच्चिनुपर्छ भनेको एउटा बुँदा नेता वा नेताका छोराछोरीले राज्यको शक्ति दुरुपयोग गरेका अपराधहरु न्यूनीकरण हुनुपर्छ वा दोषी भेटिए तत्काल कारबाही गर्न ठुला दल राजी हुनुपर्छ । राज्यको दुरुपयोग गरी गरिएका तमाम अपराधको छानबिन निष्पक्ष हुनुपर्छ र दोषि भेटिए कानुन बमोजिम कारबाही पनि गरिनुपर्छ भन्ने मान्यता हो।

तर राज्यसत्तामा बस्नेले पुर्वाग्रहका आधारमा आफ्ना नजिकका बाहेक अन्य कसैप्रति अनावश्यक आरोप लाउन पाइदैन, पुष्टि हुने बलियो कानुनी आधारको खोजी गर्नुपर्छ। जो सुकै होस अपराधीलाई उन्मुक्ति नहोस्।

भ्रष्टाचारीहरू सबै पार्टीमा छन, कुनै ब्यक्ति भ्रष्ट भयो भन्दैमा पार्टी खराब हुँदैन। त्यसैले पार्टीको नाम लिन जरूरी छैन। तर सत्ताधारी पार्टीका भ्रष्टहरूले उन्मुक्ति नपाउन । एक÷एक भ्रष्टलाई जेलमा कोच्न सक्नुपर्छ। भ्रष्टाचार जो सुकैले गरे पनि अपराध हो, सबै कार्वाहीको भागीदार बनुन । स्वयम् प्रधानमन्त्रीका बारे उठेका विषयमा पनि फाइल खोल्नु पर्छ। सबैभन्दा बढी जनताले प्रश्न उठाएका माननीय म्याडमको पनि सबै बाहिर आउन पर्छ । पार्टी जुन सुकै होस, मेरो होस या अर्को। अनि मात्रै राजनीति सफा हुन्छ र  निष्ठावान राजनीतिज्ञ वा इमान्दार नेता कार्यकर्ताले न्याय पाउँछन अनि  राजनीतिलाइ हेर्ने दृष्टिकोणमा पनि  बदलाब आउने छ  ।

रिजाल एमालेका युवा नेता हुन ।

रामप्रसाद रिजाल

विशेष