News अपराध सुरक्षा

हिरासतमा छिर्नु अघि ‘ग्वाँ–ग्वाँ’ रोए सन्दीप

हिरासतमा छिर्नु अघि ‘ग्वाँ–ग्वाँ’ रोए सन्दीप

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न भएको पाईएपछि एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप विहिवारदेखि प्रहरी हिरासतमा छन्। उनलाई प्रहरीले बुधवार बुटवलबाट पक्राउ गरेको थियो।

बिहीबार उनलाई काठमाण्डौं ल्याएर दिउँसो काठमाण्डौं जिल्ला अदालतमा याद थपका लागि उपस्थित गराइएको थियो। काठमाडौं परिसरले सन्दीपलाई पनि अरु थुनुवासँगै परिसरबाट बबरमहलस्थित अदालत पुर्याएको थियो।

अदालतले उनलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ। त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डौंको हिरासत लगिएको थियो। हिरासतमा छिर्दै गर्दा उनी डाँको छाडेर रोएको एक प्रहरी अधिकारीले बताए। गाडीबाट झारेर हिरासत कक्षतिर लैजान खोज्दा उनी ‘ग्वाँ–ग्वाँ’ गर्दै डाको छोडेर रोएको उनले वताए।

सन्दीपविरुद्ध प्रहरीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप लगाएको छ। प्रहरीका अनुसार उनका नाममा चार वर्षअघि ाटेको डेढ करोडको चेक फेला परेको छ भने अरु केही रुपैयाँ बुझाएको प्रमाण पनि फेला परेको छ।

सन्दीप रहेकै हिरासत कक्षमा सोही मुद्दाका अभियुक्तहरु पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र विचौलिया सन्देश शर्मा पनि छन्।

सोही आरोपमा पक्राउ पुर्जी जारी भएपछि टोपबहादुर भने सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ। उनको फोन पनि स्विच अफ छ। टोपबहादुरले पनि ठगी गरेको पुष्टि हुने प्रमाण फेला परिसकेको प्रहरीको दाबी छ। जानकारी अनुसार उनले ६० लाख नगर्दै वुझेको लिखित रेकर्ड प्रहरीको हात लागेको छ। 

सन्दीप रायमाझी भुटानी शरणार्थी

विशेष