News अपराध सुरक्षा

कांग्रेसका नेता कँडेलको मृत्यु प्रकरणमा उनकै चार्टर्ड अकाउन्टेन्ट रावल पक्राउ

कांग्रेसका नेता कँडेलको मृत्यु प्रकरणमा उनकै चार्टर्ड अकाउन्टेन्ट रावल पक्राउ

चितवनका पोल्ट्रि व्यवसायी तथा नेपाली कांग्रेसका नेता शङ्कर कँडेलको मृत्यु प्रकरणमा उनकै कम्पनीमा कार्यरत चार्टर्ड अकाउन्टेन्ट जीवनबहादुर रावल पक्राउ परेका छन्।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ का ३६ वर्षीय रावललाई बिहीबार जितपुरसिमरा उपमहानगरपालिका–२ बाट पक्राउ गरिएको हो।

नेपाली कांगेस चिवतनका महासमिति सदस्य रहेका कँडेल मङ्गलबार साँझ भरतपुर महानगरपालिका ३ स्थित नारायणगढको बेलचोकमा रहेको आफनै कार्यालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनले घरमै कार्यालय राखेका थिए।

घटनास्थलमा भेटिएको सुसाइड नोटका आधारमा कँडेलका परिवारले उनका ब्यवसायीक पार्टनर प्रदीप रूङ्टा र जीवन रावलविरूद्ध बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए। 

कँडेलले आफ्नो अनमोल फिड्स प्रालिको शेयर केही महिनाअघि व्यवसायी रुङ्टालाई बेचेका थिए।  शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख गरिएको  छ।

परिवारको जाहेरीपछि रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए। कम्पनीको ८५ प्रतिशत शेयर किनेका रूङ्टा भने फरार छन्।

शङ्कर कँडेल

विशेष