सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना घाईते

माथिल्लो अरुण हाइड्रो पावरका सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेलको र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ । गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा सामान लैजाँदै गर्दा भोटखोला गाउँपालिका–४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा भएको हो।
हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको जनाईएको छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी भेला भएर उद्वार गरेका थिए।