News

श्रीमान २ वर्षदेखि खाडीमा, अवैध सम्वन्धबाट शिशु जन्माएर श्रीमतीले फालिन झाडीमा

श्रीमान २ वर्षदेखि खाडीमा, अवैध सम्वन्धबाट शिशु जन्माएर श्रीमतीले फालिन झाडीमा

श्रीमान दुई वर्षदेखि खाडीमा रहेकी कैलालीकी एक किशोरीले शिशुलाई जन्म दिएर झाडीमा फालेको फेला परेको छ। लम्कीचुहा नगरपालिका–१ स्थित रोरा खोला नजिकैको झोलुङ्गे पुलमुनी बाँसको झाडीमा विहिवार नवजात शिशु फेला परेको हो।

प्रहरीका अनुसार ती शिशु स्थानीय २२ वर्षीया रीता विकको भएको खुलासा भएको छ। रीताका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरबमा छन्। रीताले श्रीमान् विदेशमा भएकै वेला नवजात शिशुलाई जन्म दिएर फालेको इलाका प्रहरी कार्यालय लम्कीका इन्सपेक्टर शंकर खड्काले बताए।

प्रहरी स्रोतका अनुसार अवैध सम्बन्धबाट शिशुको जन्म भएपछि झाडीमा फालेर रीताले घट्ना ढाकछोप गर्न खोजेको पाईएको छ। शिशुको लालरत्न अस्पतालको एनआईसीयुमा राखेर उपचार भइरहेको छ।

जानकारी अनुसार रीताले ती शिशुलाई ७ दिनअघि जन्म दिएकी थिईन। बुधवार राती उनले झाडीमा बच्चा फालेर फरार भएको प्रहरीले जनाएको छ। शिशु फालिएको खबर पाएपछि रीतालाई नियन्त्रणमा लिईएको छ। उनी महेन्द्रनगर हुँदै भारततर्फ भाग्दै गरेको अवस्थामा कञ्चनपुरमा फेला परेको प्रहरीले जनाएको छ।
 

विशेष