News अपराध सुरक्षा

सशस्त्रका सईमाथि नै खुकुरी प्रहार, फेला परेनन आक्रमणकारी

सशस्त्रका सईमाथि नै खुकुरी प्रहार, फेला परेनन आक्रमणकारी

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको छ। नरेन्द्रमाथि शुक्रबार राति स्थानीय युवाहरुको समूहले खुकुरी प्रहार गरेको हो।

राति करिब साढे १० बजे स्थानीय युवाको समूहले होहल्ला गरिरहेका बेला सम्झाउन खोज्दा चैसिरमाथि खुकुरी प्रहार भएको जनाईएको छ। उनको बायाँ पाखुरामा चोट लागेको छ । 

खुकुरी प्रहार गर्ने युवाहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले वताए।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरका एसपी प्रेम रावलले कञ्जभोजस्थित जोगबुढा नदीको झोलुंगे पुलमाथि बसेर होहल्ला गरिरहेको अवस्थामा सम्झाइबुझाइ गर्दा खुकुरी प्रहार भएको बताए ।

चैसिर गस्तीमा खटिएको समयमा १०÷१५ जनाको समूहले खुकुरी प्रहार गरेको बताउँदै एसपी रावलले उनीहरुको खोजी भइरहेको बताए । 
 

विशेष