News

आज राति डिभीको रिजल्ट आउँदै, यसरी हेर्नुहोस

आज राति डिभीको रिजल्ट आउँदै, यसरी हेर्नुहोस

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राति आउँदै छ। अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।

यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभि शाखाले जानकारी दिएको छ ।

डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका लागि सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ । त्यसबाट डिभी परे नपरेको थाहा हुन्छ ।

नेपालीहरु डिभी रिजल्टको तिव्र प्रतिक्षामा छन्। अमेरिकी परियोजना एमसीसीको विरोध गर्नेहरु पनि डिभी भरेर अमेरिका जाने प्रतिक्षामा छन्। उनीहरुको रोजाई भारत, चीन, रुस, उत्तर कोरिया, क्यानडा लगायतका देशभन्दा पनि अमेरिका नै रोजाईमा पर्ने गरेका छ।

अमेरिका जान २० देखि २५ लाख तिरेर भुटानी शरणार्थी बन्नसम्म तयार हुने नेपालीहरुका लागि डिभी चिठ्ठालाई ठुलो अवसरका रुपमा लिने गरिएको छ।
डिभी चिठ्ठाको रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस

विशेष