News

नक्कली भुटानी शरणार्थी प्रकरणले गृहमा जान डराएका हुन रवि लामिछाने ?

यस्तो छ समर्थन फिर्ता लिने र प्रतिपक्षमा वस्ने खास कारण

नक्कली भुटानी शरणार्थी प्रकरणले गृहमा जान डराएका हुन रवि लामिछाने ?

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रवार पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।

०७९ पुस १० गते ३ मन्त्रालय र १ राज्यमन्त्रीसहित सहभागी भएको रास्वपा माघ २२ गते ४२ दिनमै बाहिरिएको थियो । गृह मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको रास्वपाले अहिले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।

साविकका मन्त्रालय पाए फिर्ता, जुनसुकै समयमा भ्रष्टाचारका फाईल खोल्नु पर्ने र मन्त्रालयमा प्रधानमन्त्रीले हस्तक्षेप नगर्ने कुरामा प्रतिवद्धता पाए सरकारमा सहभागी हुने वताईरहेको रास्वपाका नेताहरुले त्यसका लागि प्रधानमन्त्री सकारात्मक रहेको बताउँदै आएका थिए।

सर, बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेपछि किन यस्तो भयो भन्ने चासो छ। रास्वपाका नेताहरुले त्यसका मुख्य तीन कारण देखाएका छन्। पार्टीसँग सल्लाह नगरी मन्त्रिपरिषद् विस्तार गर्नू, न्यूनतम साझा कार्यक्रमबाट आफ्ना बुँदाहरू हटाउनू र नीति तथा कार्यक्रम बनिसकेकाले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय भएको उनीहरुको भनाई छ।

तर, पछिल्लो समय चर्चामा रहेको ‘नक्कली भुटानी सरणार्थी प्रकरण’ ले आफु वद्नाम हुने डरले रास्वपा सरकारमा नजाने निस्कर्षमा पुगेको जनाईएको छ। हुन त यो प्रकरणको अनुशन्धान आफु गगृहमन्त्री हुँदा नै सुरु भएको भन्दै रवि लामिछानेले वताएका छन्। तर, ठुला राजनीतिक दलका चर्चित नेता नै अनुशन्धानमा तानिएपछि यसले ठुलै मोड लिने र वदनामी आफुले खेप्नु पर्ने भएपछि रवि गृहमा जान डराएको हुन सक्ने धेरैको अनुमान छ।

‘नेपाली राजनीतिमा रास्वपाको उदय अत्यन्त स्वभाविक छ । शुभचिन्तकहरूको चिन्ता वा प्रश्न चाँहि रवि लामिछाने स्वयं र उनको पार्टी यो प्राप्त हैसियतलाई सम्हाल्न सक्छ कि सक्दैन भन्ने हो ।

जब शक्ति आर्जन हुन्छ, मानिसलाई स्वयंमा दम्भ जागेर आउँछ । उसलाई वरिपरि चापलुस, चाकडीबाज र स्वार्थ समूहहरूले घेर्न थाल्छन् । रवि लामिछाने सरकारमा सहभागी हुँदा, मन्त्री खान जाँदा त्यस्ता स्वार्थी तत्वहरू सत्ताबाट फाइदा उठाउन सक्ने आशामा हुन्छन्’ मिलन मनुवा दाहालले आफ्नो ब्लगमा लेखेका छन्–‘नाली सफा गर्न नालीमा पस्ने तर्कमा कुनियत छ । यो त एकप्रकारले स्वयं फोहोरी बन्न उक्साहट हो । नेपाली राजनीतिको नालीमा जमेको मुख्य फोहोर भनेको भष्ट्राचार र कुशासन हो । जसले देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढ्न रोकावट गरिराखेको छ । सिद्धान्तहीन गठबन्धनमा उभिएको र एनी हाउ टिकाउनु नै एक मात्र ध्याउन्न भएको कमजोर सरकारमा दुई चार थान मन्त्री पाउँदैमा फुरुङ्ग पर्नु रविको बचकाना हरकत हुनेछ ।’

मिलन मनुवाले भनेझै अहिलेको अवस्थामा मन्त्रालयको लोभमा पर्नु आफनै भवियमा बाधा उत्पन्न गर्नु सरह हुने वुझेरै रास्वपा प्रतिपक्षमा वस्न तयार भएको वुझाई छ।

यो पनि,

रवि लामिछाने भुटानी शरणार्थी

विशेष