News

बालकोटमै लुकेका छन् टोपबहादुर ? यस्तो छ आशंका

बालकोटमै लुकेका छन् टोपबहादुर ? यस्तो छ आशंका

बालकोटमै लुकेका छन् टोपबहादुर, यस्तो छ आशंका
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएका एमाले सचिव एवम् पूर्वमन्त्री टोपवहादुर रायमाझी फरार छन। प्रहरीले रायमाझीविरुद्ध प्रमाण प्रस्तुत गरेर बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको केही घण्टादेखि उनी फरार छन ।

प्रहरीले अदालतबाट पक्राउ अनुमति लिँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि थिए । कार्यक्रम सकेर बुटवल झरेका उनी त्यसयता सम्पर्कविहीन छन ।

अर्घाखाँचीको कार्यक्रम सकेर उनी बुधबार साँझ नै भैरहवा हुँदै बुद्ध एयरको उडानबाट काठमाडौं आउने तयारी थियो । तर, बुटवल झरेपछि भैरहवा विमानस्थल जानुको सट्टा उनले अन्तिम समयमा टिकट रद्द गरेका थिए । आफूसँगै गएका चालकलाई पनि उनले मोटर काठमाडौं लैजान निर्देशन दिएका थिए ।तर, त्यसपछि रायमाझी कता गएभन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

आफूलाई पक्राउ गर्न लागिएको जानकारी पाएलगत्तै रायमाझीले प्रहरी उच्च अधिकारी र राजनीतिक नेतृत्वलाई फोन गरी आक्रोश पोखेका थिए । प्रहरीले ‘आफ्नो भनाइ अनुसन्धान गरिरहेको सम्बन्धित प्रहरी कार्यालयमै गएर राख्न’ सुझाव दिएको थियो।

उनले ‘यसका लागि पक्राउ गरिरहन पर्दैन, म आफैं उपस्थित हुन्छु’ भन्दै फोन काटेका थिए। सोही साँझदेखि उनी सम्पर्कविहिन छन्। विगतमा उच्च ओहदामा रहिसकेका, बहालवाला सांसद, विपक्षी दलको जिम्मेवार पदमा रहेका व्यक्तिले म आफैं उपस्थित हुन्छु भनेपछि केही लचकता अपनाएको अनुसन्धानमा रहेका एक अधिकारी बताउँछन्। तर, प्रतिबद्धताविपरीत सम्पर्कविहीन हुँदा आरोपलाई स्विकारेजस्तो भएको उनको भनाई छ।

यता, सायमाझी विरुद्ध पक्राउ पूर्जी जारी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दोस्रो पटक भेटबार्ता भएको छ। दाहाललाई भेट्न ओली सिंहदरबार पुगेका हुन् ।

ओलीले यसअघि प्रधानमन्त्री दाहाललाई भेटेर सांसद रायमाझीलाई बाटोबाटै हत्कडी लगाउन नहुने बताएका थिए। त्यतिबेला रायमाझी गृहजिल्ला अर्घाखाँचीमा थिए । उनी पक्राउ पुर्जी जारी भएपछि फरार रहेको बताइए पनि बालकोटको संरक्षणमा रहेको प्रहरीको आशंका छ।

कतिपयले रायमाझी बालकोटमै रहेको पनि वताईरहेका छन्। यसअघि ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्दा ‘रायमाझी बाटोमै समात्नुपर्ने मान्छे होइन’ भनेर भनेका थिए । ओलीको उक्त अभिव्यक्तिले रायमाझी प्रहरीले पक्राउ गरिसकेको जनाउँछ । तर, प्रहरीले भने अनभिज्ञता प्रकट गर्छ । ओलीले दबाब बढाएपछि प्रहरी ‘ब्याक’ भएको बताइन्छ ।

रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् । 

भुटानी शरणार्थी टोपबहादुर रायमाझी

विशेष