प्रचण्डलाई एमालेको चुनौती– ट्रेलर मात्रै होईन, पुरै फिल्म हेर्न टिकट काटेर वसेका छौं

नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री टोप वहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले ‘यो त ट्रेलर मात्रै हो’ भन्दै दिएको अभिब्यक्तिलाई नेकपा एमालेले चुनौती दिएको छ।
एमाले जुनसुकै क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन अगाडि वढाउन माग र्दै ‘पुरै फिल्म’ हेर्न आतुर भएको जवाफ फर्काएको छ। संसदको आइतबारको बैठकमा समय लिएर बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीले यो त टेलर मात्र हो, फिल्म आउन बाँकी नै छ भनेको सुनेको भन्दै उनले भने, ‘फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौं । बाइड बडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं । यती, ओम्नी र लडाकू शिविर काण्डको छानबिन गरौं ।’
एमाले सचेतक महेश बर्तौलाले पनि नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैमाथि छानबिन गर्नुपर्ने बताए । तर ‘म कसैलाई छोड्दिनँ’ भन्ने प्रधानमन्त्री पूर्वाग्रह साँध्न थालेको हो की भन्दै उनले प्रश्न उठाए। ‘कतै उहाँ पूर्वाग्रह राखेर सत्तापक्षसँग जोडिएकालाई उन्मुक्ति दिने र अन्य मान्छेहरुसँग पूर्वाग्रह साँध्ने दूषित मनसाय त छैन भन्ने देखिन थालेको छ ।’– उनले भने।
एमालेका अर्का सांसद सूर्य थापाले दोषीलाई नछाड्न र निर्दोषलाई फसाउने काम नगर्न खबरदारी गरे । प्रधानमन्त्रीले मलाई दबाव छ भनेको भन्दै उनले कसले दबाव दिएको हो संसदलाई जानकारी दिन माग गरे । उनले अगाडि भने, ‘मलाई प्युठानी जनताले टिकट काटेर पठाउनुभएको छ, क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फिल्म हेर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीज्यू, त्यो फिल्म हेर्ने व्यवस्था अविलम्ब गर्नुस्’ थापाले भने– ‘म गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु, कमानसिंह लामा ठगी प्रकरणमा फिल्म हेर्न चाहन्छु । त्यो फिल्म हेर्ने व्यवस्था गर्नस।’
यो प्रकरणमा नेपाली कांग्रेसका नेता एवम पूर्व गृहमन्त्री बालकृष्ण खाँड, उनकी पत्नि एवम प्रतिनिधि सभा सदस्य मन्जु खाँड तथा पूर्व मन्त्री सुजाता कोईरालाका स्वकिय सचिवको नाममा पनि चर्चामा छ। तर, उनीहरुलाई सरकाले जोगाउन खोजेको भन्दै एमालेले पूर्वाग्रहको कुरा अगाडि ल्याएको हो।