News

भुटानी शरणार्थी प्रकरणमा आरजुले साढे २ करोड र मञ्जुले ६ करोड बुझेको खुलासा

भुटानी शरणार्थी प्रकरणमा आरजुले साढे २ करोड र मञ्जुले ६ करोड बुझेको खुलासा

भुटानी शरणार्थी प्रकरणमा आरजुले साढे २ करोड र मञ्जुले ६ करोड बुझेको खुलासा

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नि एवम् सांसद आरजु राणा देउवा र पुर्व गृहमन्त्री बालकृष्ण खाँडकी पत्नि एवम् सांसद मञ्जु खाण सामाजिक सञ्जालमा चर्चामा छन्।

उक्त प्रकरणमा आरुजु र मञ्जुले नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउन पैसा लिएको अडियो लिक भएपछि उनीहरु चर्चामा आएका छन्। यस अघि यो प्रकरणमा टोपबहादुर रायमाझी सहितका एमाले नेता मात्र संलग्न भएको पाईएको थियो। तर, पछिल्लो चरणमा कांग्रेसका शिर्ष नेताहरुकै नाम वाहिर आउन थालेपछि यो विषयले चर्चा पाईरहेको छ।

प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले तातेको छ । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसद, नेमकिपाका सांसद र स्वतन्त्र सांसदले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण उठाएका हुन् ।

यस विचमा सार्वजनिक भएको एउटा अडिओमा पीडित र नक्कली शरणार्थी खडा गर्ने गिरोहका एक सदस्यबीच कुराकानी भएको देखिन्छ। उक्त अडिओ प्रहरीलाई पीडितले जाहेरी बुझाउँदा नै बुझाएका थिए र त्यसमा अनुसन्धान जारी छ। अहिले सार्वजनिक भएकोभन्दा लामो अडिओ आफूकहाँ आएको प्रहरी उच्च स्रोतको दावी छ।

प्रहरीले प्राप्त भएको अडिओ किरव आधि घण्टा लामो रहेको जनाईएको छ। तर, सामाजिक संजालमा सार्वजनिक भएको अडियो करिव २ मिनेट मात्र छ। अडिओमा कुराकानी गर्ने गिरोहका ती सदस्य पनि अहिले प्रहरी हिरासतमा रहेको जनाईएको छ।

उक्त अडिओमा भनिएजस्तो देउवा र खाणलाई पैसा बुझाएको सत्य हो वा होइन यकिन हुन बाँकी रहेको प्रहरी स्रोतले बतायो। अििडयोमा पीडितले आरजुलाई साढे २ करोड र मञ्जुलाई ६ करोड रकम बुझाएको उल्लेख छ।

अडिओमा पीडितले काम हुनै लाग्दा प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको भन्दै गुनासो गरिरहेको सुनिन्छ। गिरोहले आफूहरूलाई दुहुनो गाई बनाएको गुनासो उक्त कुराकानीमा गरिएको छ।

यता, राष्ट्रिय सभाको आजको वैठकमा सांसद देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी हुन नसकेको हो? भन्दै सरकारसँग प्रश्न गरे। ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा नेकपा एमालेका केही नेताहरुको नाम पनि जोडिएको छ। पक्राउ पुर्जी जारी भयो रे भनेर हल्ला पनि छ। फेरि उहाँ हराउनु भयो रे भन्ने हल्ला पनि छ।’ उनले भने–‘मैले त यसो हेरेँ, अडियो प्रकरण पनि आयो रे, यो हल्लै हल्लाको देश हो। यसमा आरजु देउवाले अढाइ करोड र बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले ६ करोड बुझेको भन्ने अडियो प्रकरण आएको छ। उनीहरुलाई यो सरकारले पक्राउ पुर्जी त जारी गरेको छ भन्ने सुनेको छैन।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि सार्वजनिक कार्यक्रममा ट्रेलर मात्रै हो, वास्तविक फिल्म आउन बाँकी छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले के बोल्ने र के नबोल्ने भन्ने बारेमा ज्ञान राख्न आवश्यक रहेको बताए। नक्कली भूटानी शरणार्थीको कुरा सबैभन्दा पहिला संसदमा नेकपा एमालेले उठाएको दाबी पनि उनले गरे।

आरजु राणा भुटानी शरणार्थी मञ्जु खाँड

विशेष