News

मिठाई वेच्न नेपाल आएका भारतीयलाई धमाधम नागरिक्ता !

मिठाई वेच्न नेपाल आएका भारतीयलाई धमाधम नागरिक्ता !

मिठाई वेच्न नेपाल आएका भारतीय नागरिकलाई पनि सरकारी कर्मचारीले नेपाली नागरिक्ता दिएको पाईएको छ। गैरकानुनी रुपमा नेपाली नागरिक्ता लिएका १० जना भारतीयलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेपछि यस्तो खुलासा भएको हो।

प्रहरीले राजधानीका विभिन्न स्थानमा मिठाई पसल सञ्चालन गरेर बसेका १० भारतीय नागरिकलाई गलत विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा पक्राउ गरेको हो। भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिमपट्टी ग्राम भीमपुरा थाना बेल्थरा रोडका उनीहरुलाई शंखमुल, गोंगबु, बसन्धुरा, लगनखेल, कलङ्कीलगायतका स्थानमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यो प्रकरणमा पक्राउ पर्नेमा एकै परिवारका तीनजना छ। अन्य पनि नातेदार भएको प्रहरीले जनाएको छ । उनीहरुको नाममा पर्सा, सिराहा, रुपन्देही, बारालगायत विभिन्न जिल्लाबाट नेपाली नागरिक्ता जारी भएको छ। ६ जनाले ०६२÷६३ को जनआन्दोलनपछि तराईका जिल्लामा घुम्ति शिविर सन्चालन गरेर वितरण गरिएको बेला नागरिक्ता लिएको पाईएको प्रहरीको भनाई छ।
 

विशेष