News

आफु निकटका ब्यक्ति अनुशन्धानमा तानिन थालेपछि भाग्न थाले प्रचण्ड

ओली र नारायणकाजी सम्वादको समय मिलाए, अन्तिममा भेट्नै दिएनन्

आफु निकटका ब्यक्ति अनुशन्धानमा तानिन थालेपछि भाग्न थाले प्रचण्ड

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँने भन्दै कयौंलाई ठगी गरेको प्रकरणमा आफु निकटका ब्यक्ति पनि पर्ने सम्भावना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिपक्षसँग भाग्न थालेका छन्।

आफना पार्टीका सचिव समेत अनुशन्धानमा तानिएपछि दुई पटक प्रधानमन्त्री दाहालसँग छलफल गरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अनुशन्धानलाई सघाउने र महत्वपूर्ण सूचना दिने वताउँदा समेत दाहालले वास्ता नगरेको पाईएको छ।

दुई नेताको बीचमा नक्कली भुटानी प्रकरणका विषय छलफल भएको थियो। ओलीले निष्पक्ष अनुसन्धान भइहरेकोमा आशंका व्यक्त गर्दै यसअघि पक्राउ परेका सानु भण्डारीको बयान रोकेर उनले नाम लिएका व्यक्तिहरुलाई जोगाउन प्रयास भएको विषयमा दाहालको ध्यानाकर्षण गराएका थिए।

भण्डारीले बालकृष्ण खाँड, उनकी पत्नी मञ्जु, रामहरी खतिवडा र दिपेश पुन (पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको छोरा) को समेत नाम लिएको जानकारी आफूलाई प्रहरी र सरकारी वकिलबाट आएको भन्दै ओलीले दाहाललाई सुनाएका थिए ।

भण्डारीको बयान रोकेर फरक बयानमा हस्ताक्षर गराएको सम्वन्धमा पनि ओलीसहितका नेताहरु दाहाललाई जानकारी गराएको वताईएको छ। त्यसपछि दाहालले यी चारै जनाको संलग्नातका सम्वन्धमा विस्तृत जानकारी लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बालकोटमै पठाउने बचन दिएपछि श्रेष्ठले अहिलेसम्म पनि ओलीसँग सम्पर्क नगरेको स्रोतको दावी छ।

जानकारी अनुसार ओली र श्रेष्ठको भेटका लागि शनिवार साँझ साढे ६ बजेको समयसमेत तय भएको थियो । तर, श्रेष्ठ ओलीलाई भेट्नै नगएको वताईएको छ। 

विशेष