News यौन-शिक्षा

उच्छृंखल शब्द राख्ने शब्दकोश र गुगललाई कारवाही गर्न मदन राईको चुनौती

उच्छृंखल शब्द राख्ने शब्दकोश र गुगललाई कारवाही गर्न मदन राईको चुनौती

कृषिविद् मदन राई यौनका विषयलाई लुकाउन हुँदैन भन्ने एउटा खुल्ला विचारका ब्यक्ति हुन। 

राइको विचारमा यौनलाई हरेक धर्मले नियन्त्रण गरेको छ । व्यवस्थित गर्दा हुने विषयमा धर्मले नियन्त्रण गरेकोमा उनी असन्तुष्टि जनाउँछन्। यौन र यौनाङ्गका विषयमा फरक धारणा राख्ने राई विवाहका बारे पनि फरक विचार राख्छन् । जोसँग यौन सम्बन्ध राखियो, त्योसँग विवाह गर्नुपर्छ भन्ने मान्यता गलत भएको उनी बताउँछन्।

एक जनाले एकजनासँग मात्रै यौन सम्बन्ध राख्नु पर्छ भन्ने मान्यता गलत र अप्राकृतिक भएको राई वताउँछन्। उनी आफुले २ वटा विवाह गरेको र १३ वर्षमा पहिलो पटक यौनसम्पर्क राखेको बताउँछन्।

उनी यौन र यौनाङ्गसँग सम्वन्धित कुरा विना हिचकिचाहट वोल्छन र सामाजिक सञ्जालमा लेख्छन्। त्यसैलाई उनलाई कतिपयले समाज विरोधी पनि भन्ने गरेका छन्। यतिमात्र होईन, यीनै कारणले उनलाई कारवाही गर्नु पर्ने र थुन्नु पर्ने आवाज पनि उठ्ने गरेको छ।

तर, त्यसलाई उनले ठाडै चुनौती दिने गरेका छन्– ‘मलाई कारवाही गर्नुभन्दा पहिला गुगल र नेपाल सरकारले मान्यता दिएको शब्दकोषलाई कारवाही गर।’ बोल्न र खेल्न नपाउने हो भने त्यस्ता शब्द शब्दकोषमा किन समावेश गरियो ? भन्ने उनको प्रश्न छ।

उनले पछिल्लो पटक समाजिक सञ्जालमा लेखेका छन्–‘ मैले ...ति, ...डो र ...ढो भन्दा मलाई जेल हाल्न खोज्नेलाई शुभकामना। सरकारी शब्दकोष र गुगललाई पनि जेल हाल्न तयार हुनु।’

मदन राई

विशेष