News

क्यान्टोनमेन्टसहित भ्रष्टाचार काण्डको कुरा उठिईरहँदा ओली–दाहाल हेराहेर

दाहालको हेराईमा आश्चर्य र ओलीको हेराईमा ‘खुच्चिङ’ !

क्यान्टोनमेन्टसहित भ्रष्टाचार काण्डको कुरा उठिईरहँदा ओली–दाहाल हेराहेर

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा आईतवार प्रतिनिधिसभाको वर्षे अधिवेशनको पहिलो बैठकमा ठुलै हल्लाखल्ला भयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ठूल्ठूला भ्रष्टाचार काण्डबारे छानबिन गर्न जोडदार माग गरेको छ।

एमालेका प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौलाले भ्रष्टाचारीहरूमाथि कारबाही गर्न माग गरे। उनीहरुले यसरी आवाज उठाउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक अर्कालाई हेराहेर गरिरहेका थिए।

एमालेका प्रमुख सचेतक गिरी भन्दै थिए–‘प्रधानमन्त्रीज्यू तपाईंले फिलिम देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौं। फिलिम देखाउनूस्। हामीलाई विश्वास छ– वाइडबडी घोटला, बाँसबारी जग्गा घोटला, बालमन्दिर घोटला काण्ड, मातातिर्थ जग्गा घोटला काण्ड, यति, ओम्नि काण्ड, लडाकू शिविरका घोटला काण्ड, बजेटमा विचौलिया र सिसिटिभी फुटेज लगायत तमाम काण्डहरू यो अधिवेशनमा गम्भीरताका साथ उठाऔं।’ 

दुई सांसदहरूले भ्रष्टाचार आरोप लागेका जुनसुकै व्यक्तिमाथि कडा कारबाही गर्न आग्रह गरिरहँदा  एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकअर्कालाई हेराहेर गरिरहेका थिए।

उनीहरुको हेरहेरमा दुईओटा कुरा झल्किन्थ्यो। पहिलो त दुई जनाको सहमति विपरित यो कुरा किन उठ्यो ? भन्ने लागेर दाहालले ओलीतर्फ हेरेको हुन सक्ने धेरैले अनुमान गरेका छन् भने अर्कोतर्फ ‘कुरा मिलाएर जान आफुले गरेको प्रश्ताव नटेरेपछिको अवस्थाको हो यो’ भन्ने आशयले ओलीले दाहाललाई हेरेको हुन सक्ने आशंका छ।

दाहालको हेराईमा आश्चर्य र ओलीको हेराईमा ‘खुच्चिङ’ को भाव झल्किएको वताईन्छ। यो प्रकरणमा एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी समेत तानिएपछि ओलीले दुई पटक प्रधानमन्त्री दाहाललाई भेटिसकेका छन्। तर, दाहालले ओलीलाई भाउ नदिएको वुझाई छ।

भुटानी शरणार्थी

विशेष