News

भैरहवाबाट काठमाण्डौं उडेको जहाज २० मिनेटमै किन फकाईयो ?

भैरहवाबाट काठमाण्डौं उडेको जहाज २० मिनेटमै किन फकाईयो ?

जहाजमा समस्या देखिएपछि भैरहवाबाट काठमाडौंका लागि उडेको विमान बीच बाटोबाटै फाईएको छ। चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् ।

विमानमा कस्तो समस्या आयो भन्ने खुलेको छैन। जानकारी अनुसार श्री एयरलाइन्सको उडान नम्बर एसएचए ८२२ नम्बरको जहाज काठमाडौं आउँदै थियो। भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९ बजेपछिमात्रै काठमाडौंतर्फ उडेको थियो ।

करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको जनाईएको छ। जहाज रनवेमै रहँदा अरु जहाजको उडान अवतरण प्रभावित भएको थियो । 
 

विशेष