News

वोल्ने समय नदिएपछि अमरेश सिंहले कपडा खोलेर सभामुखलाई देखाई दिए

वोल्ने समय नदिएपछि अमरेश सिंहले कपडा खोलेर सभामुखलाई देखाई दिए

सभामुख देवराज घिमिरेले संसदमा वोल्न समय नदिएको भन्दै सांसद अमरेश कुमार सिंह आजको वैठकमा कपडा खोलेर नाङ्गै भएका छन्। आकस्मिक रुपले राख्नुपर्ने कुरालाई पनि राख्न नदिएको आरोप लगाउँदै उनी नाङ्गै भएका हुन।

बेन्चबाट बैठकको सुरुमै बोल्नका लागि सांसदद्वय अमरेशकुमार सिंह र प्रेम सुवालले हात उठाएका थिए । तर‚ सभामुख घिमिरेले उनीहरूलाई बोल्नका लागि समय नदिएपछि पनि उनीहरू उठेर लगातार विरोध गरिरहेका थिए ।

बैठकमा आकस्मिक समय र विशेष समय नरहेको भन्दै सभामुखले बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोल्न थाले । सभामुख घिमिरेले संसद् नियामावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित भएको बताउँदै सम्मानित संसद् बैठकमा यस्तो अशिष्ट, अश्लील, अपमानजनक र आपत्तिजनक व्यवहार नदेखाउनका लागि चेतावनी दिए ।

त्यसरी चेतावनी दिइरहँदा पनि सांसद् सिंहले भने एकोहोरो विरोध जनाइरहेका थिए । त्यसको केहीबेरपछि उनले संसद्बाट बाहिरिँदै गर्दा आफूलाई भ्रष्टाचारसम्बन्धी विषयमा बोल्न समय नदिइएको भन्दै विरोध जनाएको बताए ।

संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सभामुखलाई आग्रह गरेँ । आकस्मिक समयमा भ्रष्टाचारको विषयमा बोल्छु । दुई मिनेट पाउने हो त्यो समय पाउँ’ उनले पत्रकारहरुसित भने, ‘उहाँ (सभामुख)लाई पहिल्यै भनेको थिएँ समय नपाए म प्रोटेस्टको अन्तिम लेबलसम्म जान्छु । शब्दमै भनेको थिएँ कपडा खोल्छु ।’

विशेष