News

बलात्कार आरोपी पक्राउ गर्न जाँदा प्रहरीको रामधुलाई, हतकडी लगाएरै आरोपी फरार

बलात्कार आरोपी पक्राउ गर्न जाँदा प्रहरीको रामधुलाई, हतकडी लगाएरै आरोपी फरार

कालीकोटमा बलात्कार आरोपितलाई पक्राउ गर्न जाँदा प्रहरीको रामधुलाई भएको छ। पलाँता गाउँपालिका–६ सैनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीमाथि आरोपितका आफन्तले ढुंगामुढा गरेका छन्।

सोमबार बिहान ४ बजेतिर इलाका प्रहरी कार्यालय पलाँताबाट पुगेको प्रहरीको टोली स्थानीय ३१ वर्षीय संक बुढालाई पक्राउ गर्न गएको थियो। प्रहरीले आरोपितलाई हतकडी लगाएपछि आफन्तले ढुङ्गा हान्न थालेका थिए। प्रहरीमाथि ढुंगामुढा गरेका हुन्।

ढुङ्गामुढका कारण प्रहरी तितरवितर भएपछि आरोपित हत्कडीसहित फरार भएका छन्। फरारलाई खोजी गर्न जिल्ला प्रहरी कार्यालयको टोली पनि घटनास्थल गएको छ। 

गाउँलेहरूको आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँतामा कार्यरत प्रहरी सहायक निरीक्षक लक्ष्मी ढुंगेल रावत र बलात्कार घटनाबाट पीडित परिवारका सदस्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

बुढाले २०७९ असोज ३१ गते स्थानीय दलित महिलामाथि बलात्कार गरेको आरोप छ। कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले किटानी जाहेरी दिएको थियो।
 

विशेष