भुटानी शरणार्थी प्रकरणमा तातेको ताप्के सेलाउन थालेको रवि लामिछानेको संकेत

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा तातेको ताप्के सेलाउन थालेको संकेत गरेका छन्।
प्रतिनिधि सभा बैठकमा बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै लामिछानेले यस्तो संकेत गरेका हुन। ‘ताप्केको बीँड तात्यो, तात्दै गरेको ताप्के सेलायो। ताप्के नसेलाओस्,’ लामिछानेले भने।
उनले सिंगो देश र अन्तर्राष्ट्रिय समूदायले भुटानी शरणार्थी प्रकरणमा कोहीपनि दोषी उम्किन नहुने बताए। ‘मिलिजुली एकअर्कालाई बचाउने काम नहोस्’ उनले भने–‘हामी यसलाई अत्यन्त नजिकबाट नियालीरहेका छौं।’