News

आईजीपी वशन्त कुँवरकै कारण फरार भएका रहेछन् टोपबहादुर !

टोपबहादुर भारत पुगेको आशंका, कोही भन्छन् –बालकोटमै छन्

आईजीपी वशन्त कुँवरकै कारण फरार भएका रहेछन् टोपबहादुर !

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १ अर्ब बराबरको ठगी गरेको प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन्।

बैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका उनी आजसम्म पनि फेला परेका छैनन्। प्रहरीले रायमाझीको भेउ पाउन पनि सकेको छैन। बुधबार अर्घाखाँखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर पुगेकाले पक्राउ पूर्जीबारे जानकारी पाएपछि कानुनलाई सहयोग गर्ने बताएका थिए। तर अहिलेसम्म प्रहरीको सम्पर्कमा आउनुको साटो उनी फरार छन्।

राति ९ बजेको फ्लाइटमा काठमाडौं आउने टिकट भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली रायमाझीलाई पक्राउ गर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलको आन्तरिक उडानतर्फको कक्षमा गएर बसेको थियो। यता, रुपन्देहीकै प्रहरीको टोली बुधबार साँझ उनी नजिक पुगिसकेको थियो।

आफूलाई पक्राउ गर्न लागेको रायमाझीले खबर पाएपछि उनले बुटवलमै रहेका प्रहरी महानिरीक्षक वशन्त कुँवरलाई टेलिफोन गरे। रायमाझीले कुँवरलाई आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्ने बताए। 

त्यसपछि प्रहरी ब्याक भयो। तर रायमाझी अर्घाखाँचीबाट विमानस्थल आउँदै गर्दा उनका छोरा सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गर्यो। छोरो पक्राउ परे लगतै उनको मोबाइल बन्द भयो। रायमाझी फरार भए।
 
अहिले रायमाझी भगाएको आरोप प्रहरीलाई लाग्न थालेको छ। तर रायमाझी भने आईजीपीकै कारण भागेका पाईएको छ। रायमाझी अहिले भारत भागेको आशङ्का गरिएको छ । प्रहरीले अदालतमा मुद्दा नबुझाउने समयसम्म भारतमै लुकेर बस्ने र प्रहरीले मुद्दा बुझाएपछि सोझै अदालतमा उपस्थित भएर धरौटीमा रिहा हुने योजनामा उनी भारत भागेको हुनसक्ने प्रहरीको आशङ्का छ ।

सत्तारुढ नेपाली काँग्रेसका केही नेताहरूले भने रायमाझी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरमा लुकेर बसेको आरोपसमेत लगाएका छन् । यद्यपि शनिबार प्रधानमन्त्रीसँग भेटघाट गर्न बालुवाटार पुगेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले रायमाझीबारे आफूलाई केही थाहा नभएको बताएका छन् । 

यो प्रकरणमा प्रहरीले अहिलेसम्म टोपबहादुरका छोरा सन्दीप, पूर्व गृहसचिव टेकनारायण पाण्डे, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ र पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।

टोपवहादुर, बादलका छोरा प्रतिक, इन्द्रजीतका छोरा निरजसहित ११ जनाबिरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

भुटानी शरणार्थी टोपबहादुर रायमाझी आईजीपी वशन्त कुँवर

विशेष