News

कस्ले रोक्यो आईजीपी कुँवरको अमेरिका भ्रमण, किरण वज्राचार्य उडिन

कस्ले रोक्यो आईजीपी कुँवरको अमेरिका भ्रमण, किरण वज्राचार्य उडिन

लिडरसिप एक्सचेन्ज कार्यक्रममा सहभागी अमेरिका जाने तयारीमा रहेका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले भ्रमण अन्तिम समयमा स्थगित भएको छ। उनको सट्टामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य अमेरिका उडेकी छिन्।

आईजीपी कुँवर नेतृत्वको ६ सदस्यीय टोलीलाई अमेरिका भ्रमणमा जान सरकारले स्वीकृति दिएपछि अन्तिम समयमा कुँवरले अमेरिका भ्रमण स्थगित गरेका हुन् । कुँवर अमेरिका नजाने भएपछि नेपाल प्रहरीको प्रतिनिधित्व वज्राचार्य नेतृत्वको ५ सदस्यीय टोलीले गर्ने छ।

टोली सोमबार अमेरिका प्रस्थान गरेको छ । टोलीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरी, प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र बहादुर धामी र प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्का छन् ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायब महानिरीक्षक लगायत प्रहरी अधिकृतहरूले विदाइ गरेका थिए । वैशाख २७ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी. र न्यूयोर्कमा संचालन हुने कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यस सम्बन्धी ज्ञान तथा अनुभव आदान प्रदान हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइलहरुमाथि आरोप लागिरहेका बेला तत्काललाई भ्रमण स्थगित गर्न कुँवरलाई गृह मन्त्रालयले आग्रह गरेको थियो।

विशेष