पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालत अगाडिबाटै पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।
तेहरिक–ए–इन्साफ (पीटीआई) प्रमुख प्रमुख समेत रहेका खानलाई गिरफ्तार गरिएको तेहरिक–ए–इन्साफका वकिल फैसल चौधरीले पुष्टि गरेका हुन् । पीटीआईका उपप्रमुख फवाद चौधरीले एक ट्विट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडि गिरफ्तार गरेको जनाएका छन् ।
खानलाई कुन मुद्दामा पक्राउ गरिएको भन्नेबारे अझै स्पष्ट भएको छैन।