सन्दीप लामिछानेको शल्यक्रिया सफल, चाँडै डिस्चार्ज हुने

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले फुर्सदको समयमा शरीरमा भएका गिर्खा शल्यक्रिया गरेर हटाएका छन्। शल्यक्रिया सफल भएको जनाईएको छ।
लामो समयदेखि उनको शरीरमा रहेका ६ वटा लाईपोमा (गिर्खा) हरूको सर्जरी गरी निकालिएको हो। समाजिक सञ्जालमार्फत आफ्नो सफलतापूर्वक अप्रेसन सम्पन्न भएको उनले बताएका छन्।
क्यानका मेडिकल कोअर्डिनेटर डा अभिषेक राज सिंहका अनुसार अहिलेको खाली समयको सदुपयोग गरी प्लान सर्जरी गरिएको हो। सन्दिप एक दुई दिनमै डिस्चार्ज हुने र आगामी खेलहरूमा नियमित रूपमा फर्कने सिंहले बताए।
उनको शल्यक्रिया नेपाल नेशनल अस्पतालमा गरिएको हो।