News खेल

भारतको अडानले एसिया कप पाकिस्तामा नहुने सम्भावना

भारतको अडानले एसिया कप पाकिस्तामा नहुने सम्भावना

भारत र पाकिस्तानबीच बढ्दै गएको विवादका कारण पाकिस्तानमा हुने भनिएको एसिया कप त्यहाँ नहुने सम्भावना बढेको छ। आयोजकको रुपमा तोकिएको पाकिस्तानमा गएर भारतले नखेल्ने बताएपछि एसिया कप आयोजना नै अन्योलमा छ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तानको सट्टा श्रीलंकामा हुने सम्भावना बढेको छ । भारतीय अनलाइन इन्डियन एक्सप्रेसले एसिया कप श्रीलंकामा हुन सक्ने समाचार प्रकाशित गरेको छ । एसिया कप आयोजना स्थलको टुङ्गो यसै महिनाको अन्तिमसम्म लाग्न सक्ने इन्डियन एक्सप्रेसले समाचारमा उल्लेख गरेको छ ।

भारतले आफ्नो टिम बोर्डर क्रस गरेर पाकिस्तान नजाने बताईसकेको छ। पाकिस्तानले आयोजना स्थल सार्न नहुने र भारत र पाकिस्तानबीचको खेल युएईमा गर्न हाईब्रिड प्रस्ताव गरेको थियो । तर त्यो प्रस्तावमा पनि भारत सहमत भएको छैन ।

श्रीलंका, बंगलादेश र अफगानिस्तानले एसिया कप पाकिस्तानबाट सार्नुपर्ने पक्षमा रहेको विभिन्न रिपोर्टले जनाएको छ । पछिल्लो विकसित घटनाक्रमले एसिया कपमा पाकिस्तानको सहभागिता नै अन्योलमा परेको छ ।

नेपालले पनि यस पटक एसिया कप खेल्दैछ । घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान पक्का गरेको नेपाल दुई ठूला राष्ट्र भारत र पाकिस्तान रहेको समूहमा छ । पहिलो पटक एसिया कप खेल्ने तयारीमा रहेको नेपाल भने जसरी पनि एसिया कप हुनुपर्ने पक्षमा छ ।

विशेष