News

प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता, मिलेमतोको आशंका

प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता, मिलेमतोको आशंका

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास वालुवाटारमा तीन शिर्ष नेताको भेटबार्ता भएको छ। गोप्य राख्न खोजिएको भेटवार्तामा दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली छन्।

आज बिहान देउवा र ओली नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका दाहालसँग छलफल गर्न बालुवाटार पुगेका हुन् । भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ। भेटवार्ताको विषय सार्वजनिक भएको छैन।

स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीहरुबीच छलफल भएको हुन सक्ने जनाईएको छ। सुरुवाती दिनमा नेकपा एमालेका नेता र कतिपय कर्मचारीको नाम मात्रै चर्चामा आएपनि पछिल्लो समय कांग्रेसका भिआईपी समेत तानिन थालेपछि सहमतिमा सवैलाई जोगाउने योजना अनुसार भेटवार्ता भएको हुन सक्ने जनाईएको छ।

भुटानी शरणार्थी

विशेष