News

अख्तियार प्रमुख र एआईजीको द्वन्द्वले शरणार्थी प्रकरण अनुशन्धानमा असर

साँढेको जुधाई वाछाको मिचाईः द्वन्द्वको मारमा इन्द्रजीत राई

अख्तियार प्रमुख र एआईजीको द्वन्द्वले शरणार्थी प्रकरण अनुशन्धानमा असर

अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त र एआईजी श्यामलाल ज्ञवालीबीचको द्वन्द्वको प्रभाव नक्कली भुटानी शरणार्थी प्रकरणमा देखिन थालेको छ। दुई जनाको टकरावका कारण १९ गते पक्राउ परेका तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई चोटमा परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका राईलाई भोलिपल्ट राति एआईजी ज्ञवालीको निर्देशनमा अर्को कार्यालयमा सारेर प्रहरीले मानसिक यातना दिएको खुलेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय लगेर राईलाई मानसिक यातना दिइएको स्रोतको दावी छ।

प्रहरीले उनलाई अख्तियार प्रमुख प्रेम राईविरुद्ध बोल्न दबाव दिएको छ। अनुसन्धानको लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालत लैजाँदा उनले न्यायाधीशसमक्ष पनि आफूलाई टर्चर दिइएको बयान दिएका छन्।

वैशाख २४ गते राईलाई म्याद थपका लागि इजलास नम्बर २७ मा उपस्थित गराईएको थियो। न्यायाधीशले ‘हिरासतमा कस्तो छ ?’ भनेर सोध्दा ‘दिउँसो त राम्रै छ, राति–राती प्रेमकुमार राईको नाम लिनू भनेर जबरजस्ती दबाब दिइन्छ । धम्की आईरहेको छ’ भन्दै जवाफ दिएको स्रोत जनाएको छ।

यसका पछाडि अख्तियारमा रहेको ज्ञवाली विरुद्धको मुद्दा कारण वनेको वताईएको छ। ज्ञवालीले नागरिकताको जन्म मिति फरक पारेर जागिर खाएको दाबीसहित ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी परेको थियो। बढुवा हुनुअघि परेको उक्त उजुरीका विषयमा अख्तियारले नागरिकता छानबिनका लागि गृहमा लेखी पठाएको थियो ।

ज्ञवाली एआईजीमा बढुवा भएकै दिन उक्त पत्र मन्त्रालयमा पठाईएको थियो। वैशाख १४ गतेको निर्णयअनुसार पछि थप प्रमाण फेला परेमा कानूनबमोजिम हुने गरी हाललाई तामेलीमा राख्ने निर्णय गरेको प्रहरी मुख्यालयमा जानकारी गराएको छ ।

सोही विषयलाई लिएर ज्ञवाली र राईका विचमा तनाव देखिएको कतिपयले अनुमान गरेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहसचिव रहेका प्रेम राईको नाम पनि जोडिएको छ। सो प्रकरणमा अख्तियारमै पनि उनी विरुद्ध उजुरी परहेको जनाईएको छ।

भुटानी शरणार्थी

विशेष