News

बालकृष्ण खाणका वकिल भन्छन्– धर्म निर्वाह गर्दैछु

महात्मा गान्धीका हत्यारा नाथुरामलाई सरकारले वकिल दिएको थियो

बालकृष्ण खाणका वकिल भन्छन्– धर्म निर्वाह गर्दैछु

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बालकृष्ण खाँणको तर्फबाट प्रतिरक्षा बहस गरेर वकिलको धर्म निर्वाह गरेको वताएका छन्।

बारको अध्यक्ष भएर प्रतिवादीको प्रतिरक्षाको वकालत गर्न लागेको भन्दै आलोचना भएपछि उनले यस्तो वताएका हुन। र्दैछन् । गत आइतबार सुरु थुनछेक बहस जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी छ । 

‘कुनै पनि पक्षले हामीलाई कानुन व्यवसायी छान्छ भने बिना कारण छाड्नु हुँदैन । मैले सबै किसिमका बहस गर्नुपर्छ । वकिलको धर्म हो’ उनले भने–‘उहाँका भाइ (रामकृष्ण खाँण)ले यो केसको बहसमा सहभागी हुनप¥यो भन्नुभयो त्यो कुरा मैले स्वीकार गरेँ । यो वकिलको संवैधानकि अधिकार र दायित्व हो।’

मुद्दाको थुनछेक बहस चलिरहेको र अनुसन्धान जारी रहने भएकाले कसैलाई पनि दोषी करार गर्न नहुने उनले बताए । सार्वजनिक रुपमा भएका टिकाटिप्पणी नबुझेर आएको उनले बताए । उनले भारतमा महात्मा गान्धीको हत्या गरेका नाथुराम गोड्सेलाई सरकारले वकिल दिएर सहयोग गरेको स्मरण गराए। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता खाणका पक्षमा पूर्वमहान्यायाधिवक्ता र बारका पूर्वअध्यक्षसहित डेढ दर्जनभन्दा बढी वकिलले बहस गर्दैछन्। पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव, सर्वोच्च बारका पूर्वअध्यक्ष हरिहर दाहाल, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रमेबहादुर खड्का, योगेन्द्र अधिकारीसहित १८ जनाभन्दा बढी अधिवक्ताले खाँणका पक्षबाट बहस गर्न नाम टिपाएका छन्। 

खाती खाँण गृहमन्त्री भएकै बेला महान्यायाधिवक्ता थिए भने अधिकारी डेमोक्र्क्याटिक लयर्स एसोसिएसनका अध्यक्ष हुन्। 

भुटानी शरणार्थी

विशेष