News

ओली र पूर्वराजालाई काउण्टर दिन प्रचण्ड पुगे पशुपतिनाथ

यस्तो छ मन्दिरमा पिसाव गर्ने र ढिकुरो फुटाउने प्रचण्डको भैसी पूजादेखि पशुपतिसम्मको यात्रा

ओली र पूर्वराजालाई काउण्टर दिन प्रचण्ड पुगे पशुपतिनाथ

भारतको चारदिने भ्रमणमा रहँदा उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुजापाठ गरेर धार्मिक वनेर फर्केपछि प्रधानमन्त्री पुष्पकमल दाहाल आज पशुपतिनाथ पुगेका छन्। 

प्रधानमन्त्री दाहालसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, पररराष्ट्रमन्त्री एनपी साउद, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायत पनि पशुपति पुगेका छन्।

आफ्नो भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले गेरु वस्त्र लगाएरै महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका थिए। उनको पछिल्लो धार्मिक गतिविधिलाई उनको भारतीय सत्तासँग नजिक उभिने प्रयासका रूपमा कतिपय विज्ञले अर्थ्याएको छन्।

सशस्त्र द्वन्द्वकालमा कतिपय ठाउँमा मठ मन्दिर तोडफोड गर्ने र शोक बारेर बसेका ठाउँमा ढिकुरो फुटाउने, किरियापुत्री र पुराण भन्ने पण्डिको हत्या गर्ने जस्ता गतिविधि माओवादीले गरेका दृष्टान्त छन्। उनी सत्तामा हुँदा पशुपतिनाथ मन्दिरको भट्ट नै फेर्ने प्रयास गरेका थिए। 

तर, एकाएक मन्दिर दर्शन सुरु गरेका दाहालले पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्दैलाई ‘म पनि कम हिन्दु होईन’ भनेर देखाउन खोजिरहेको जानकारहरु वताउँछन्। पूर्वराजा ज्ञानेन्द्रले जुनसुकै ठाउँको भ्रमण गर्दा स्थानीय तीर्थस्थलको भ्रमण गर्छन्। त्यो गतिविधि भइरहँदा यहाँ दलहरूको लोकप्रियतामा गिरावट आइरहेको देखेपछि दाहालले ज्ञानेन्द्रलाई काउण्टर दिन यो उपाय सुरु गरेको धेरैको अनुमान छ।

पूर्वप्रधानमन्त्री ओलीले पनि हिन्दू कार्ड खेलेका छन्। पशुपतिमा जलहरी चढाउने, राम जन्मिएको ठाउँको कुरा गर्नेलगायत हिन्दु मतदाताको ध्यान तान्न खोजेपछि दाहाल झस्किएको वताईन्छ। प्रतिस्पर्धी कम्युनिस्ट पार्टी र पूर्वराजाबाट पनि हिन्दू धर्मको कुरा आइरहेका वेला दाहाल पशुपतिनाथ पुगेको वताईन्छ।

उसो त दाहालले०६६ मा सुनसरीको चतराधाम पुगेर ‘भैँसी पूजा’ गर्दै आफ्नो ग्रह शान्ति पनि गराएका थिए। 

विशेष