News

मौषमविद भन्छन्ः आज पूर्वी क्षेत्रमा गर्मी कम हुन्छ

मौषमविद भन्छन्ः आज पूर्वी क्षेत्रमा गर्मी कम हुन्छ

आज (शनिबार) देखि देशको पूर्वी क्षेत्रमा तापक्रम केही घट्ने र गर्मीबाट केही राहत पुग्ने मौसमविद्ले बताएका छन्। 

बादल नलाग्ने तथा पानी नपर्ने भएको दुई हप्ताभन्दा बढीदेखि देशभर गर्मी बढेको छ। पहाडी क्षेत्रमा भने छिटपुट रूपमा भए पनि पानी परेकाले तराईको तुलनामा गर्मी केही कम छ। तर तराईमा मौसम बदली र वर्षा ठप्प भएकाले अत्यधिक गर्मी भई जनजीवन कष्टकर बनेको छ।

तराईमा केही दिनदेखि तातो हावा÷लु पनि चलिरहेको छ। तर आजदेखि पूर्वी क्षेत्रमा बादल देखिने तथा हल्का वर्षा हुने सम्भावना देखिएकाले गर्मीमा केही राहत पुग्ने अनुमान गरिएको महाशाखाका मौसमविद् वरुण पौडेलले वताए।

बंगालको खाडीमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशको पूर्वी क्षेत्रमा बदली र वर्षाको सम्भावना देखिएको उनले वताए । कोशी प्रदेश र मधेश प्रदेशका पूर्वी भागसम्म त्यो प्रणालीको प्रभाव पर्ने देखिएको छ।

पूर्वी क्षेत्रमा २÷४ दिनभित्र मनसुन प्रवेश गर्ने सम्भावना छ। तर मध्य र पश्चिम तराईमा भने अझै केही दिन बदली र वर्षाको सम्भावना देखिएको छैन। आज कोशी र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका  एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
 

विशेष