७० वर्षमाथिका दम्पत्तिको शव झुण्डिएको अवस्थामा भेटियो

हेटौडामा ७० वर्षमाथिका दम्पत्तिको शव झुण्डिएको अवस्थामा फेला परेको छ। हेटौंडा उपमहानगरपालिका–१, चाइना क्वाटरस्थित आफ्नै घरको पूजा कोठामा उनीहरु मृत फेला परेका हुन् ।
७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्द कुमारी दाहाल झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तीन तले पक्की घरमाथिको ट्रसले छाएको पूजा कोठामा दुबैजना करिब ३ मिटरको फरकमा फलामको ट्रसमा गम्छा को पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।