News

शरणार्थी प्रकरणमा ‘हरियो डायरी’को चर्चा, प्रहरीले भरेको हो सानु भण्डारीको खाता?

ठुला माछा जोगाउन इजलासमा यसरी हुँदैछन ‘काला तर्क’

शरणार्थी प्रकरणमा ‘हरियो डायरी’को चर्चा, प्रहरीले भरेको हो सानु भण्डारीको खाता?

नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी प्रकरण ठुला माछालाई जोगाउन इजलासमा ‘काला तर्क’ सुरु भएका छन्।

एमाले निलम्वित सचिव एवम सांसद टोपबहादुर रायमाझीलाई जोगाउन वकिलहरूले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई ‘पागल’ भएको प्रमाणित गर्ने प्रयास गरेका छन् भने सानु भण्डारीको डायरी समेत प्रहरीले भरेको आरोप लगाएका छन्।

शुक्रबार जिल्ला अदालत काठमाडौँस्थित न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता रमेश बडालले भने, ‘सानु भण्डारीसँग प्रहरीले लिएको बयान अनुसार टोपबहादुरलाई उनले ४ पटक रकम दिएको डायरीमा उल्लेख गरेको देखिन्छ ।’

भण्डारीले डायरीमा ‘टोप मामा’ उल्लेख गर्दै २०७३ फागुन १० मा, २०७४ जेठ १० मा र २०७४ असार ९ मा समेत चार पटक रकम दिएको हिसाब उल्लेख गरेको भेटिएको छ । अदालतमा बयानका क्रममा भण्डारीले सो डायरी आफ्नो नभएको जिकिर गरेका छन् ।

रायमाझीका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता बडालले डायरी प्रहरीले नै सिर्जना गरेको जिकिर गरे । इजलासमा बडालले भने, ‘डायरी प्रहरीले नै भरेर ल्याएको छ, अनुसन्धान गर्नेहरुले नै सहीछाप गरेका छन् ।’

इजलासमा डायरी माग्दै बडालले भने, ‘श्रीमान्, डायरी पाउँ ।’ इजलास अधिकृतले डायरी दिएपछि बडालले डायरीमा लेखिएको रकमबारे उल्लेख गरेर सो रकम ‘झुटो विवरण’ रहेको जिकिर गरे। प्रहरीले आफ्नो कुरा प्रमाणित गर्न प्रेमराज पन्थीको नाममा जाहेरी दर्ता गराएको बडालले आरोप लगाए ।

वरिष्ठ अधिवक्ता बडालले डायरीमा ‘मैया’, ‘मामा’ र ‘भाञ्जा’को नाम रहेछ भन्दै त्यसको विश्वसनीयतामा प्रश्न गरे । रायमाझी पक्राउ परेपछि उनी विरुद्ध जाहेरी दर्ता गरिएको थियो । गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मी सहितका पीडितले दिएको जाहेरीमा रायमाझीको नाम उल्लेख छैन ।

बेइमानीमा पनि इमानदारिता चाहिने उल्लेख गर्दै बडालले २०७६ मंसिरमा कार्यदलको प्रतिवेदन मन्त्रिपरिषद्मा गएपछि किन पीडितहरुसँग पैसा उठाइयो भनेर प्रश्न गरे । 

भुटानी शरणार्थी

विशेष