News

सोविता गौतमको चेतावनीः मेरो चरित्र हत्या गर्ने कसैलाई छोड्दिन

सांसद भएर अर्की महिलाको श्रीमान खोसेको आरोप लागेपछि भावुक भईन गौतम

सोविता गौतमको चेतावनीः मेरो चरित्र हत्या गर्ने कसैलाई छोड्दिन

भर्खरै विवाह गरेकी रास्वपाकी सांसद सोविता गौतमले आफनो विवाहका वारेमा अनावश्यक कुराहरु लेखेर चरित्र हत्या गर्ने सवैलाई कानुनको दायरामा ल्याउने चेतावनी दिएकी छिन्।

विवाहपछि जापान गएकी गौतमले पहिलो पटक सार्वजनिक रुपमा टिप्पणी गर्दै गर्दै आफनो चरित्र हत्या गरिएको आरोप लगाएकी छिन्। सामाजिक संजालमा सार्वजनिक भएको एउटा भिडियो क्लिपमा उनले भनेकी छिन्–‘मैले सवै नोट डाउन गरेको छु। म एउटा पनि छोड्दिन, एउटा कमेन्ट पनि छोड्दिन। म एउटा भिडियो पनि छोड्दिन। यो देशमा कानुन छ र गर्नुपर्छ। द्याट्स इट, अरु त मेरो केही नै छैन अहिले।’

आफु विरुद्ध भएको अनावश्यक हल्लाका कारण आफु कमजोर नभएको उनले बताएकी छिन्। ‘यदि म गलत छु भने कानुनको दायराभित्र म पनि जानुपर्छ। तर म सहि छु भने यो समाजलाई सत्य पनि के हो थाहा नभईकन एउटा मिडियाले लेखेको भरमा जे पनि वोल्न पाउने छुट चै छैन’ उनले भनेकी छिन्–‘ठ्याक्कै भयो के भन्दा न्युज आयो, १५/२० जना मान्छेले नगेटिभ कुरा लेखे। त्यो १५/२० जनाले लेखेको नेगेटिभ कुरा सय जनाले शेयर गरे। सय जनाले शेयर गरेको कुरा त्यो पुग्यो तिसौं÷पचासौं हजारसँग । त्यही कुरा सत्य भएर स्थापित भयो क्या।’

समाचारका आधारमा ति सवै तिसौं पचासौं हजार मानिसले आफनो विवाहको वारेमा टिप्पणी गरेको उनले वताईन। ‘म त वोलेकै छैन। मसँग नसोधीकन, मैले सत्य के हो पनि नभनीकन मान्छेले यति धेरै, यति धेरै लामो कुरा गरेर, कथा वनेर यति धेरै चरित्र हत्या गरेका छन्। सवै कानुनको दायराभित्र आउनु पर्छ। म यो कुरामा एकदम फोकस छु।’

आफुविरुद्ध भएको प्रहारपछि ट्वीटर एकाउण्ट समेत डिएक्टिभेट गरेको उनले वताएकी छिन्–‘तपाई पत्याउनु हुन्न होला, मैले यो मोवाईलमा पछिल्लो समय त्यो न्युजहरु आईसकेपछि मैले ट्वीटर डिलेटै गर्दिए’ उनले भनिन्–‘ट्वीटर कहिले कहिले एकदम राम्रो पनि हुन्छ, कहिले केहिले टक्सिट पनि हुन्छ।’

कसैमाथि एट्याक गर्ने सवालमा ट्वीटर एमदमै खराव भएको उनले वताईन। ‘एट्याकको सवालमा ट्वीटर नेपालमा यस्तो धेरै वौद्धिक दरिद्रता छ नी ट्वीटरमा, फेक प्रोफाईल बनाएर एकदम वौद्धिक मान्छेहरुले एट्याक गर्नु पर्यो भने ट्वीटर प्रयोग गर्छ क्या।’

आफु विरुद्धको समाचारले घर परिवारमा समेत मानसिक तनाव भएको उनले वताएकी छिन्। ‘मनलाई दुखाको छ, रुवाको छ’ उनले थपिन–‘म जापान हुँदाखेरी मेरो वुवाले भनेको सम्झन्छु। तेरो यति धेरै कुरा आईराखेको छ, यो कुराले आमा मरि भने मलाई थाहा छैन के हुन्छ, भन्नुभयो क्या।’

काठमाडौं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भकी गौतमले केही दिन अघि माओवादी कार्यकर्ता चितवनका गृहेन्द्र घिमिरेसँग बिहे गरेकी थिईन। उनको विवाहपछि विभिन्न मिडियामा गौतमको विवाह र उनीहरुको पृष्ठभुमका विषयमा समाचारहरु आएका थिए। गृष्मा ब्रोडकास्टिङ र हिमालय कर्पोरेसन गरी दुईवटा कम्पनीका सञ्चालक घिमिरे विवादित छवि भएका व्यक्ति भन्दै समाचारमा घिमिरेविरुद्ध अहिले पनि प्रहरीमा गाडी ठगी र अन्य उजुरी अझै निरुपणकै क्रममा रहेको जनाईएको थियो।

कुनै समयका फरार आरोपी रहेका घिमिरेले सातै प्रदेशमा सप्तरंगी कार्यक्रम चलाएर करोडौं रुपैयाँ नदिएको आरोप लागेका र पहिलो घरबार बिग्रिएपछि घिमिरे सोवितासँग प्रेम सम्बन्ध गाँसिएको समाचारमा उल्लेख थियो। उनकी ग्रिष्मा नामकी छोरी छिन्। घिमिरेले छोरीकै नाममा गृष्मा ब्रोडकास्टिङ नामको कम्पनी चलाएका छन्।

स्रोतलाई उधृत गर्दै मिडियामा आएका समाचार अनुसार सोवितासँग अफेयरर्स चलेपछि अमेरिका पुगेर घिमिरेले पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेक थिए। सांसद सोविता गौतमले अर्की महिलाको श्रीमान खोसेको भन्दै आलोचना भएको थियो। 

सांसद भए पनि सोवितालाई पार्टीले अहिलेसम्म कुनै जिम्मेवारी नदिनुलाई पनि माओवादी कार्यकर्ता घिमिरेसँगको सम्वन्धसँग जोडेर हेर्ने गरिएको छ। उपसभामुखको उम्मेदवार वन्ने पक्क भएकी गौतम अन्तिम समयमा ब्याक हुनु पनि उनीप्रति पार्टीका नेताको अविश्वास नै रहेको समाचारहरु आएका छन्।

सोविता गौतम

विशेष