News

उमेर हद हटाएको विषयमा पत्रकारको प्रश्नमा ओलीको जवाफः यी चित्र राम्रा छन्

उमेर हद हटाएको विषयमा पत्रकारको प्रश्नमा ओलीको जवाफः यी चित्र राम्रा छन्

पार्टीको विधानबाट उमेर हद हटाइएको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उट्पट्याङ जवाफ दिएर तर्किएका छन्।

आइतबार नेपाल कला परिषद्मा भइरहेको चित्र प्रदर्शनी अवलोकनका लागि पुगेका अध्यक्ष ओली त्यो विषयमा जवाफ नै नदिई उम्किए। त्यो पनि उट्पट्याङ जवाफ दिएर । ‘एमालेमा उमेर हद हटाएपछि तपाईंलाई पुनः अध्यक्ष हुने बाटो खुल्यो भन्ने छ, यसबारे के भन्नुहुन्छ?,’ भन्दै पत्रकारले सोधेको प्रश्नमा ओली ‘यी चित्र राम्रा छन’ भन्दै पन्छिएका थिए।

पार्टीको दसौं महाधिवेशनबाट पारित विधानको धारा ८९ मा ७० वर्ष उमेर पूरा गरेपछि कुनै पनि कार्यकारी कमिटीमा बस्न नपाइने व्यवस्था थियो। त्यो व्यवस्था १० औं महाधिवेशनबाट निर्वाचित हुँदाका बखत लागु नहुने तर अधिवेशनपछि कार्यकारी कमिटीमा बस्न उमेर हद लाग्ने थियो।

तर, गत जेठ १९ गते बसेको सचिवालय बैठकले तत्कालका लागि त्यो व्यवस्था निलम्बन गरेपछि एमालेकै नेता कार्यकर्ता रूष्ट बनेका छन्। पार्टीका नेताले नेकपा एकीकृत समाजवादीबाट आएका मुकुन्द न्यौपानेसहितका नेतालाई कमिटीमा जिम्मेवारी दिन विधानका धारा १०१ अनुसार बाधा अड्काउ फुकाएको बताएका छन्।
 

विशेष