News

कालीकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

कालीकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

कालीकोटको शुभकालिका गाउँपालिका–६ चिसापानीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जिप शनिबार राति साढे ११ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको छ।

जिप सडकबाट १५० मिटर तल खसेको छ । दुर्घटना कसरी भयो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए । 
 

विशेष