News

प्रचण्डको धार्मिक यात्राप्रति सहयोद्धाले नै उठाए प्रश्न

प्रचण्डको धार्मिक यात्राप्रति सहयोद्धाले नै उठाए प्रश्न

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धार्मिक यात्रा सुरु गरेपछि उनका राजनीतिक सहयात्री बाबुराम भट्टराईले आलोचना गरेका छन्।

प्रधानमन्त्रीसमेत रहेका दाहाल नास्तिक दर्शन छाडेर आस्तिकतर्फ लागेको देखेपछि भट्टराईले प्रश्न उठाएका हुन। पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले प्रधानमन्त्री दाहालको महाकालेश्वर र पशुपतिनाथ दर्शन प्रति कटाक्ष गरेका छन्। 

उनले प्रचण्डको उक्त धार्मिक यात्रालाई ‘नयाँ सांस्कृतिक क्रान्ति’ भनी टिप्पणी गरेका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले दाहालको धार्मिक गतिविधिका तस्बिरसहित सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’ ?’

‘सांस्कृतिक नक्सा’ भनेर उनले भारतले हालै आफ्नो नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ नक्सालाई भनेका हुन्। जसमा नेपालका लुम्बिनी, कपिलवस्तु र विराटनगरलाई पनि समेटिएको छ। जसलाई प्रधानमन्त्री दाहालले राजनीतिक नक्सा नभएको बताएका थिए। 

भारतको महाकालेश्वर मन्दिरमा मन्त्रीहरूको टोलीसहित गएर गेरुवस्त्र धारण गरी पूजापाठ गरेका प्रधानमन्त्री दाहाल नेपाल फर्केपछि शनिवार पशुपतिनाथमा दर्शन गर्न गए। त्यो पनि मन्त्रीहरूसहित। यस विषयमा डा. भट्टराईले लेखेका छन्–‘‘एक्लै कोही कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन÷त्यो उसको निजी आस्थाको कुरा हो। तर जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ, तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ।’

विशेष