News

छोराले छोडेकी वुहारीलाई ससुराले चिर्पटले हानेर मारे, तीन जना पक्राउ

छोराले छोडेकी वुहारीलाई ससुराले चिर्पटले हानेर मारे, तीन जना पक्राउ

कैलालीको गौरीगंगा नगरपालिका–२ मा छोराले दोस्रो विवाह गरेपछि छोडेकी बुहारीको हत्या गर्ने सासू–ससुरालाई प्रहरीले पक्राउ गरेको छ। वुहारी कविता बुढाको हत्या आरोपमा ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा र उनकी श्रीमती ५० वर्षीया लहरी बुढालाई प्रहरीले पक्राउ गरेको हो।

भान्सा कोठामा रोटी पकाइरहेकी कवितालाई सुसुराले चिरपटले हानेर हत्या गरेको र शव ब्यवस्थापनमा ज्वाई नता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयबिर बुढाले सहयोग गरेको पाईएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ।

डिल्लीसिंह र उनकी श्रीमतीले घरायसी विवादमा बुहारी कविताको हत्या गरेर शव जंगलमा गाडेको र ज्वाईं नाता पर्ने जयबिरले उनीहरुलाई सहयोग गरेको प्रहरीलको अनुशन्धानले देखाएको छ। प्रहरीका अनुसार घट्ना गत जेठ १८ गते भएको हो।

बुहारीको हत्या गरेपछि डिल्लीले श्रीमतीको सहयोगमा शव डोकोमा हालेर घरभन्दा करीब ३ किलोमिटर टाढा पर्ने गौरीगंगा नगरपालिका–१ को केदारेश्वर सामुदायिक वनमा पुर्याएर ८ फिट गहिरो खाल्डो खनेर गाडेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले वताए।

शव गाडिसकेपछि उनीहरुले बुहारी हराएको भन्दै प्रहरीमा निवेदन दिएर फरार भएका थिए। जेठ २२ गतेसम्म कञ्चनपुरको बिचफाँटास्थित आफन्तको घरमा बसेका उनीहरुलाई शनिबार भने घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कविताका दुई जना छोरा–छोरी छन् भने श्रीमान भने दोस्रो विवाह गरेर १ वर्षदेखि भारतमा बस्दै आएका छन् । 

विशेष