News

निजामती कर्मचारीले टिकटक चलाए कार्वाही, यस्तो छ गृहको निर्देशन

निजामती कर्मचारीले टिकटक चलाए कार्वाही, यस्तो छ गृहको निर्देशन

निजामती कर्मचारी सामाजिक सञ्जाल टिकटकमा लिप्त भएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने उपाय खोजेको छ। अवदेखि कर्मचारीले कार्याल हाताभित्र, कार्यालयको पोशाकमा र कार्यालयसँग सम्बन्धित गतिविधिहरूको टिकटक वनाए कारवाही भोग्नु पर्ने भएको छ।

टिकटकमा रमाउने कर्मचारीलाई मन्त्रालयहरूले लगाम लगाउन यस्तो निर्णय गरेको हो। राष्ट्रसेवक कर्मचारीहरूले कार्यालयभित्रै अशोभनीय र उच्छृंखल किसिमका टिकटक पोस्ट गर्न थालेको भन्दै गुनासो आउन थालेपछि विभिन्न मन्त्रालयले मातहतका कर्मचारीलाई टिकटक बनाउन रोक लगाएका हुन । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालयलगायतले हालै परिपत्रमार्फत कार्यालयभित्र र कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएका छन । गृह मन्त्रालयले जेठ १९ गते सचिवस्तरीय निर्णय गरेर सातबुँदे निर्देशन जारी गरेको छ।

‘केही वरिष्ठ अधिकारीले अनुपयुक्त, अव्यावसायिक गतिवधि तथा पदको गम्भीरता र महत्वलाई ध्यान नदिई टिकटकमा अनावश्यक र उच्छृंखल किसिमका भिडियोहरू पोस्ट गर्ने गरेको भन्ने व्यहोराको गुनासो प्राप्त भएको’ले यस्तो निर्देशन जारी गरिएको गृहले जनाएको छ । 

निर्देशनमा कार्यालय समयमा, कार्यालय परिसरभित्र र कर्मचारी पोसाकमा टिकटकजस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्न, सरकारी सवारीसाधनको प्रयोग गरेर, कार्यालयसँग सम्बन्धित संवेदनशील कामकारबाहीको जानकारी तथा कार्यालयको कामकारबाहीको विवरण जानकारी गराउँदा व्यक्तिगत प्रचार–प्रसार र जस लिने आशयले पनि गर्न नपाइने उल्लेख छ।

आफ्नो नियमित कर्तव्यभित्र पर्ने सरकारी कामकाज गरेको विषयलाई अनावश्यक तन्काएर विज्ञापन गरेजस्तो देखिने गरी व्यक्तिगत सञ्जालमा राख्न र पदीय जिमेवारीलाई नकारात्मक प्रभाव पार्ने खालका विषयवस्तु सामाजिक सञ्जालमा राख्न पनि नपाईले गृहको निर्देशनमा छ । सुरक्षा निकायहरूले भने पहिलेदेखि नै पोसाक लगाएर खिचिएको फोटो र भिडियो राख्न नपाउने नियम लागू गरेको छ। 

यो पनि,

टिकटक

विशेष