News

प्रधानमन्त्री दाहालले भेटे भारतका राष्ट्रपति र उपराष्ट्रपति

प्रधानमन्त्री दाहालले भेटे भारतका राष्ट्रपति र उपराष्ट्रपति

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दाहालले उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरे। यसअघि उनले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली पुगेका थिए । उनी २० गते फर्किने तालिका छन्।

विशेष