News

भारतीय वजारमा कारले दुईटा स्कुटरलाई ठक्कर दिदा ४ नेपालीको मृत्यु

भारतीय वजारमा कारले दुईटा स्कुटरलाई ठक्कर दिदा ४ नेपालीको मृत्यु

भारतीय बजार खटिमास्थित चकरपुरमा भएको सडक दुर्घटनामा एकै परिकावरको ४ जना नेपालीको मृत्यु भएको छ। कञ्चनपुरको बनबासानजिकै पर्ने चकरपुरमा शनिबार दिउँसो भएको भएको दुर्घटनामा कञ्चनपुरस्थित भीमदत्त नगरपालिका २ उल्टाखामका ४ नेपालीको मृत्यु भएको हो।

दुर्घटनामा ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती तथा वुहारीहरु २७ वर्षीया नर्मदा र ४२ वर्षीया कल्पनाको मृत्यु भएको हो। भारतको खटिमास्थित मुडेली गाउँमा बस्दै आएका उनीहरू पूजाका लागि नेपाल आएका थिए। 

पूजापाठपछि दुई वटा स्कुटरमा मुडेली फर्किरहेका उनीहरूलाई तिव्र गतिमा आएको कारले ठक्कर दिएको थियो। एउटा स्कुटरमा नेमबहादुर र उनकी श्रीमती र अर्कोमा दुई बुहारी सवार थिए। गम्भिर घाइते भएका उनीहरूलाई उपचारका लागि खटिमास्थित नागरिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतक नेमबहादुरका छोरा ललितको पनि अघिल्लो वर्ष सडक दुर्घटनामा परेर मृत्यु भएको थियो। नेमबहादुरका छोराहरू दीपक र प्रेम अहिले भारतको चेन्नाइमा छन्। घटनाबारे जानकारी पाएपछि उनीहरू खटिमा फर्किरहेका छन्।

विशेष