News Technology विदेश

इलन मस्कको फाल्कोन–९ रकेट अन्तरिक्षमा पुगेर ८ मिनेटमै काम सकेर फर्कियो

इलन मस्कको फाल्कोन–९ रकेट अन्तरिक्षमा पुगेर ८ मिनेटमै काम सकेर फर्कियो

इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सले बनाएको फाल्कोन–९ बुस्टर रकेट सोमबार ८ मिनेटमै अन्तरिक्षमा पुगेर फर्केको छ। रकेडले ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छोडेर फर्केको हो।

फाल्कोन–९ बुस्टर रकेट ५२ वटा स्टारलिंक स्याटेलाइट बोकेर अमेरिकी समय अनुसार सोमबार बिहान ३ बजेर १० मिनेटमा फ्लोरिडास्थित प्रक्षेपण केन्द्रबाट लन्च भएको थियो। रकेटको माथिल्लो भागमा रहेको स्टारलिंकका ५२ वटा स्याटेलाइटहरू पृथ्वीको तल्लो कक्षमा छाडिएको थियो । प्रक्षेपण भएको ६५औं मिनेटमा ती स्याटेलाइटहरूलाई पृथ्वीको तल्लो कक्षमा छाडिएको हो।

त्यसको ८ मिनेट ३० सेकेन्डमा फाल्कोन–९ को बुस्टर पुनः पृथ्वीमा फर्किएको थियो । बुस्टर स्पेस एक्सको एट्लान्टिक महासगरमा रहेको अवतरण स्थलमा फर्किएको थियो । यस वर्ष उक्त बुस्टर रकेटको ९ औं प्रक्षेपण र अवतरण हो।

हालसम्म स्पेस एक्सले ४ हजार ५ सयभन्दा बढी स्टारलिंक स्याटेलाइट अर्बिटमा राखिसकेको छ। तीमध्ये ४ हजार २ सय वटा सञ्चालनमा रहेको जनाईएको छ।

इलन मस्कले स्टारलिंक मेघा कन्स्टिलेसन निर्माणका लागि १२ हजारवटा स्याटेलाइट राख्ने अनुमति पाएका छन् । 
 

एलन मस्क

विशेष