News

प्रचण्डले अस्पताल पुर्याए श्रीमती, नर्भिकमा भर्ना

प्रचण्डले अस्पताल पुर्याए श्रीमती, नर्भिकमा भर्ना

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सितालाई अस्पताल लगिएको छ। उनलाई केहीबेर अघिमात्र नर्भिक अस्पताल पु-याइएको हो। 

उनलाई इमर्जेन्सीमा लगिएको अस्पताल स्रोतले जनाएको छ। ०७९ मंसिर १९ गते अचेत भएर ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार गरेयता उनको चेत फर्केको छैन। दाहाल प्रधानमन्त्री बनेसँगै बालुवाटार सारिएकी सीताको निरन्तर औषधी उपचार हुँदै आएको छ। 

सीता लामो समयदेखी ओछ्यानमा अर्धचेत अवस्थामा पल्टिरहेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारको एक कोठामा उनलाई राखिएको छ। एक जना नर्सले उनको हेरचाह गरिरहेकी छन्।

अर्थचेत अवस्थामा रहेकी उनले पछिल्लो गतिविधिका विषयमा जानकारी नपाएको माओवादी नेताहरु वताउँछन्। सीता जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) रोगले पीडित छिन् । छोरा प्रकाश दाहालको असामयीक निधनपछि उनलाई झन् रोगले च्यापेको छ ।

यसअघि सीताको उपचार अमेरिका, भारत र सिंगापुरमा पनि गरिएको थियो । तर पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार नआएको पारिवारिक स्रोतले बतायो । 

सिता दाहाल सीता दाहाल

विशेष