News

शरणार्थी नेता टेकनाथ रिजाल न्यायाधीशकै अगाडि डिएसपीमाथि जाईलागेपछि...

शरणार्थी नेता टेकनाथ रिजाल न्यायाधीशकै अगाडि डिएसपीमाथि जाईलागेपछि...

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल सोमवार न्यायाधिश प्रेमप्रसाद न्यौपानेकै अगाडि जिल्ला प्रहरी परिसर टेकुका डिएसपी पवन भट्टराईमाथि जाई लागेका छन्। उनले यसअघि सडकमै सर्वसाधारणसँग बबाल गरेका थिए।
 
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ ४ गते पक्राउ परेयता उनलाई टेकुको हिरासतमा राखिएको छ। उनीमाथि बिचौलियाहरुबाट पैसा खाएको आरोप छ। तर, उनले यो प्रकरणमा आफ्नो संलग्नता नरहेको बयान दिइरहेका छन्।

केही दिनअघि वयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराउँदा सर्वसाधारणले देश वेचुवा भनेपछि उनी सडकमै जाई लागेका थिए। अहिले पनि उनी आफूलाई नियोजित रुपमा फसाइएको वताईरहेका छन्।

सोमबार जिल्ला अदालत काठमाडौंका प्रतिरक्षा बहसका लागि हाजिर गराउँदा पनि रिजालले आफुमाथि अन्याय भएको वताए । उनी इजलासमा खटिएका डीएसपी भट्टराईमाथि नै जाईलागे। उनले आफूले गरेको अपराधबारे प्रहरीले अझै पनि उत्तर नदिएको वताए।

‘मैले के चाहिँ त्यस्तो नहुने काम गरेँ? तपाईंहरुले अहिलेसम्म के हेर्नु भयो त?’, उनले डीएसपीलाई भने–‘मैले के चाहिँ अपराध गरेँ? गर्दै नगरेको काममा हामीलाई अफ्ठ्यारो पार्ने गरी मुद्दा चलाइयो।’

भुटानी शरणार्थी

विशेष