News अपराध सुरक्षा

काठमाण्डौंका दुईटा अस्पतालमा बालेन्द्रले लगाए भोटे ताल्चा

काठमाण्डौंका दुईटा अस्पतालमा बालेन्द्रले लगाए भोटे ताल्चा

दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल काठमाण्डौं महानगरपालिकाले सिल गरेको छ ।

बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टरमा महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले सिल गरेको हो ।

अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको थियो। अस्पताल भित्र सञ्चालित फार्मेसी विना दर्ता सञ्चालन भइरहेको पाइएको छ ।

१५ शैय्याका दुवै अस्पतालले अपनाउनु पर्ने मापदण्ड समेत ती अस्पतालहरूले पालना नगरेको पाइएको महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलल जानकारी दिए बताए ।

पौडेलले भने– ‘अस्पतालका लागि चाहिने आवश्यक मापदण्डरु केही छैनन्, फेरि दर्ता नवीकरण समेत नभएको पाइएपछि महानगरले सिल गरेको हो।’ 
 

विशेष