प्युठान जीप दुर्घटनामा घाईते भएका आठै जनाको मृत्यु

प्युठानको भिंग्रीमा स्वर्गद्वारी दर्शन गरेर फर्किदै गरेका तिर्थयात्री चढेको जीप दुर्घटनामा घाईते आठै जनाको मृत्यु भएको छ।
गम्भीर अवस्थामा जिल्ला अस्पताल बिजुवार पु¥याएका उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका छन्। मृत्यु हुनेमा चार बालबालिका, दुई महिला र दुई पुरूष रहेको डिएसपी सुवास खड्काले बताए।
दुर्घटनामा परेका मध्य दाङको लमही नगरपालिका वडा नं. ५ का तारा कुमालको मात्रै पहिचान भएको छ। प्यूठानबाट दाङ तर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको जीप स्वर्गद्वारी नगरपालिका–४ भिंग्रीको घुम्तीमा पौने ४ बजे दुर्घटनामा परेको थियो।
जीप करिब ४५ मिटर तल रोडमा आएर बजारिएकाकाले मानवीय क्षति भएको डिएसपी खड्काले बताए। तीब्र गतिको जीप घुम्तिमा अनियन्त्रित भई दुर्घटनामा परेको आशंका गरिएको छ।