News खेल

मेस्सीले चीनलाई ताइवान जती पनि भ्यालु दिएनन्, भिस्सानै नलिई पुगे वेईजिङ

मेस्सीले चीनलाई ताइवान जती पनि भ्यालु दिएनन्, भिस्सानै नलिई पुगे वेईजिङ

चीनसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न वेईजिङ पुगेको अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी भिसा नै नलिई पुगेपछि प्रहरीसँग लफडा परेको छ। बेइजिङको वर्कर्स स्टेडियममा मैत्रीपूर्ण फुटबल खेल्न अर्जेन्टिनाको राष्ट्रिय टोली बिहीबार त्यहाँ पुगेको छ।

प्रहरीसँग लफडा परेपछि मेस्सीलाई केहीबेर हिरासतमा समेत लिईएको भारतीय मिडियाले लेखेका छन्। जानकारी अनुसार मेस्सीसँग अर्जेन्टिना र स्पेन दुवै देशको पासपोर्ट छ । स्पेनको पासपोर्टले विना भिसा ताईवान जान पाईन्छ।

उनले चिनलाई पनि ताईवान नै सोचनेर चिनियाँ भिषाको लागि अनुमति नलिएको बताइएको छ । उनी चीनलाई ताईवान सम्झेर विना भिसा सिधै विमानको टिकट खरिद गरेर चीन पुगेको जनाईएको छ।

त्यसपछि प्रहरीसँग उनको लफडा परेको थियो। तर, केहीबेरमै मेस्सीलाई ‘एस्पिडिटेड भिसा’ प्रदान गरिएको बताइएको छ । यस्तो भिसा आपतकालीन अवस्थामा प्राप्त गर्न सकिन्छ । 

विशेष