News

ओलीलाई धोका दिएर राष्ट्रपति कांग्रेसलाई दिन प्रचण्डले १ महिना अघि नै ल्याप्चे ठोकेको खुलासा

आरजु र गंगा सम्झौताका साक्षी

ओलीलाई धोका दिएर राष्ट्रपति कांग्रेसलाई दिन प्रचण्डले १ महिना अघि नै ल्याप्चे ठोकेको खुलासा

राष्ट्रपति निर्वाचन हुनुभन्दा एक महिनाअघि नै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच लिखित सहमति भएको खुलासा भएको छ। यो सहमतिको साक्षी देउवा पत्नि आरजु राणा र दाहाल पुत्री छोरी गंगा हुन।

पत्रकार नेत्र पन्थीको सोमवारदेखि वजारमा आएको पुस्तक ‘लेफ्ट–राइट ः सत्ता र शक्तिको ‘अ’राजनीति’ मा यसबारे खुलाईएको छ। राष्ट्रपति कांग्रेसलाई दिन माओवादीलाई तयार गर्ने बातावरण भने कांग्रेसका वरिष्ठ उपसभापति पूर्णबहादुर खड्का र माओवादी उपमहासचिव जनार्दन शर्माले बताएका हुन।

पुस्तकमा उल्लेख भएअनुसार दाहाल र देउवाबीच माघ १७ गते राति बालुवाटारमा गोप्य भेट भएको थियो। त्यही भेटमा राष्ट्रपति कांग्रेसले पाउने, सरकारको नेतृत्व दाहालले तीन वर्ष र कांग्रेसले दुई वर्ष गर्ने सहमति भएको थियो। 

यो सहमति वाहिरिने चिन्ताले हस्तलिखित गरिएको थियो। एक पेजको यो सहमतिमा प्रदेश सरकार पनि आलोपालो गर्नेदेखि उल्लेख छ। फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो । त्यसको एक दिन अगाडि मात्रै प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको आठ दलको बैठकमा कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने औपचारिक सहमति भएको थियो।

त्यसअघि दाहाल र देउवा दुवैले हस्तलिखित सहमतिलाई गोप्य नै राखेका थिए। यसबीचमा भएको दौडधुप र छलफल देखावटी मात्रै भएको जनाईएको छ।

विशेष