News

न्यायाधीशकै अगाडि हजकमिटीका अध्यक्ष मियाँ २ घण्टा निदाईदिएपछि...

न्यायाधीशकै अगाडि हजकमिटीका अध्यक्ष मियाँ २ घण्टा निदाईदिएपछि...

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका हज कमिटीका अध्यक्ष शमशेर मियाँ इजलासमै निदाएपछि जिल्ला प्रहरी परिसर काठमाडाका डिएसपीले न्यायाधीश प्रेमप्रसाद न्यौपानेको खप्की खाएका छन्।

परिसरमा प्रहरीले दुःख दिएको र सुत्न नपाएको गुनासो गरेका मियाँ सोमबार ११ बजेदेखि १ बजेसम्म इजलासमै सुतेका थिए। मियाँले आईतवार आफूहरुलाई टेकुबाट दरबारमार्गको हिरासतमा सार्न इजलासमा माग गरेका थिए।

यतीमात्रै होईन, जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहितले पनि प्रहरीले अपमानजनक ब्यवहार गर्ने गरेको गुनासो गरेका थिए। त्यो वषयमा आइतबारै न्यायाधीश न्यौपानेले परिसरका डीएसपी पवन भट्टराईलाई कुरा गर्न खोजेका थिए। तर भट्टराई इजलासबाट निस्किसकेकाले सम्भव भएन।

सोमबार भने न्यायाधीश न्यौपानेले डीएसपी भट्टराईलाई इजलासमै बोलाएर अभियुक्तहरुमाथि अब पनि सम्मानजनक व्यवहार नभए राम्रो नहुने चेतावनी दिएका छन्। ‘उहाँ नमाज पढ्नु हुन्छ। आफ्नो धर्म संस्कार र संस्कृति त मान्न पाउनुपर्यो नि’, भन्दै न्यौपानेले मियाँको गुनासोबारे भट्टराईलाई भनेका थिए।

उनले अभियोग लाग्दैमा कसैमाथि अपमानजनक व्यवहार गर्न नहुने भनेर प्रहरीलाई सचेत पनि गराएका छन्। ‘वृद्ध शरीरको रोगी पनि हुनु हुन्छ। यसरी मकहाँ गुनासो नआओस्। फेरि यस्तो आयो भने राम्रो हुँदैन।’ उनले भने।

डीएसपी भट्टराईले भने आफूहरुले अभियुक्तहरुलाई सकेसम्म हेरिरहेकोजवाफ दिए। 
 

भुटानी  शरणार्थी

विशेष