News

बालेन्द्रलाई सुर्य थापाको काउण्टरः आफनो औकातमा वस्नोस, फोहर सफा गर्नोस

बालेन्द्रले ग्रेटर नेपालको नक्सा झुण्ड्याउनु नौटंकी भन्दा वढि केही होईन

बालेन्द्रलाई सुर्य थापाको काउण्टरः आफनो औकातमा वस्नोस, फोहर सफा गर्नोस

नेकपा एमालेका नेता एवम् सांसद सुर्य थापाले काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आफनो औकात अनुसार महानगरको फोहर सफा गरेर वस्न सुझाव दिएका छन्। आफनो कार्यक्षेत्रमा ‘ग्रेटर नेपाल’को नक्शा राखेपछि चर्चामा आएका साहलाई उनको औकात सम्झाउँदै थापाले यस्तो सुझाव दिएका हुन।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा थापाले भनेका छन्–‘मेरो घरको भित्तामा मैले विश्व मानचित्र (ग्लोव) पनि राखेको छु। त्यसको के अर्थ हुन्छ? नगरपालिकाको विषय हो यो? नगरपालिकाले दुई देशको सम्वन्ध हेर्छ? संविधानले त्यही भन्छ? फोहोर उठाउनोस, काठमाण्डौंलाई स्वच्छ राख्नोस। वहाँले गर्न सक्ने त्यो हो। अरु चै नगरपालिकाको कार्यक्षेत्र भित्रका कामहरु गर्नोस।’

बालेन्द्र भारतकै इसारमा त्यो नौटंकी गरेको हुन सक्ने थापाको आशंका छ। ‘यो उतैको इसारामा तिर्थव्रत÷भेलोर कहाँ पुगेर आउनु भाथ्यो नी। उतैको इसारामा गर्नु भाको होकी ? के ठेगान भोर?’ उनले भने–‘त्यसो भएर अधिकार क्षेत्रभन्दा वाहिर गएर कसैले चाही नौटंकी गर्नुपर्ने कुनै जरुरी छैन। यो नौटंकी भन्दा वढि केही होईन। नगपालिकाको विषय हो दुई देशको सम्वन्ध÷सीमाको विषय ? महानगरपालिकिाको विषय हो? यति त जान्नोसन कम्तिमा।’

उनले यो नगरपालिका र प्रदेशको विषय नभई केन्द्र सरकारसँग सम्वन्धित विषय भएको जिकिर गरे। ‘परराष्ट्र मन्त्रालय बोलोस भनेर हामी भनिराखेका छौं। वंगलादेशले कुटनीतिक नोट पठाएर विरोध गर्यो, नेपालको सरकार मौन छ। पराराष्ट्र मन्त्रीले त भारतीय मिडियामा चै मैले त थाहै पाईन भन्नुहुन्थ्यो’ थापाले भने–‘यहाँ आएर संसदमा हाई साउण्डिङ गर्दा पनि थाहा पाउनु भो की पाउनु भएन आज हामीले सोधेका छौं। अवको अर्को वैठकमा चै के हो स्थिती भनेर ध्यानाकर्षण गराएका छौं। किन भने भारत स्थित नेपाली राजदुतले धेरै विषयमा अत्यन्त विवादास्पद कुरा वोलेको एउटा अन्तरवार्ता चै सार्वजनिक भएको छ। यी सवै चिजलाई मध्येनजर गरेर नेपालको स्टेन के हो ? नेपालको मुरल नक्शाका वारेमा के हो ? अरुका वारेमा के हो ? यी सवैका वारेमा के हो ? भनेर संसदको अवको वैठकमा परराष्ष्ट्रमन्त्रीले आएर जानकारी गराएर सदन कन्भिन्स नभएसम्म अगाडि वढ्दैन। हामीले आजै भनिसकेका छौं।’
‘बालेन्द्र साहले त्यो हिम्मत गरे। मिडियामा त्यत्रो चर्चा छ’ भन्दै पत्रकारले गरेको प्रश्नमा थापाले मिडियामा आएका कुरा चर्चाका लागि मात्रै भएको दावी गरे। ‘नाम होस वा वदनाम होस गुमनाम नहोस भन्ने ढंगले आएको हो। ग्रेटर नेपाल हाम्रो इतिहाँसको विषय हो तर आजको यथार्थ चै हाम्रो संविधानले तोकेको सीमा चै नेपाल हो’ उनले भने–‘हामी ग्रेटर नेपाल भनेर मुरल नक्साको काउन्टर गर्ने पक्षमा छैनौं। हाम्रो इतिहास सन्दर्भहरु पढछौं। त्यसलाई सन्दर्भका रुपमा लिन्छौं। तर, कसैले ग्रेटर इण्डिया भन्यो भनेर हामी ग्रेटर नेपाल भन्ने पक्षमा छैनौं। हामी तथ्यका आधारमा कुटनीतिक रुपमा, समाधान मुखी भएर र हाम्रो अधिकार नछोडेर हामीले आफनो अडान राख्ने हो।’

एमालेले दाउपेच र काउण्टरका हिसावले विषय नउठाउने उनले दावी गरे। ‘हामी चै दाउपेचका आधारमा, काउण्टर गर्ने हिसावले विषय उठाउनु पर्छ भन्ने ठान्दैनौं। जसले जति जमिन टेक्ने हो, त्यसले त्यति अधिकारको कुरा गर्नुपर्छ। महानगरपालिकाले अब ग्रेटर नेपालको कुरा गर्ने भनेर कसैले पत्याउँछ। महानगरपालिकाको कार्यक्षेत्र होर ? संविधानले त्यसो भन्छ र ?’ उनले प्रश्नगर्दै भने–‘त्यसैले आफनो कार्यक्षेत्रमा सिमित हुनु पर्यो, गम्भिर हुनु पर्यो। वहाँले देशभक्तिको भावनाले त्यो कुरा अघि सार्नु भएको छ भने ब्यक्तिगत भावनाका निम्ति केही भन्नु छैन। ब्यक्तिगत भावनाका निम्ति राम्रै भनौ। तर, भावनाले चल्दैन साईला... भन्छनी। वहाँको भावनाले मात्रै केही फरक पर्दैन।’

नक्साको विषयमा कुटनीतिक नोट दिने निकायले दिनुपर्ने र परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री बोल्नु पर्ने उनले तर्क गरे। ‘संघीय सरकार वोल्नुपर्छ। यो महानगरपालिकाले, गाउँपालिकाले । भोली एउटा वडाध्यक्षले चै विश्व मानचित्र राख्नु होला अरे, आफनो कार्यकक्षमा त्यसको के अर्थ हुन्छ ?’ उनले भने। 

ग्रेटर नेपाल सुर्य थापा बालेन्द्र साह

विशेष