राष्ट्रपति रामचन्द्र पौडेललाई माईनर हर्टएट्याक
राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलवार विहान हर्टएट्याक भएको छ। सास फेर्न असहज र छाती भारी भएपछि उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुयाईएको थियो।
चेकजाँचका क्रममा पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको स्रोतले जनाएको छ। उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनलाई मायोकाड्रिएल इन्फ्राक्सन (हृदयघात) भएको हो ।
चिकित्सकले राष्ट्रपतिको एनजिओप्लास्टी गरेर रगत सञ्चालन गरेका छन्। जसमा मुटुको दाहिनेतिरको नसाबाट तार हालेर जाली खोलिएको छ। यो समस्या सामान्य भएपनि स–साना हृदयघातले कुनै दिन ठूलो समस्या निम्त्याउँने स्वास्थ्यकर्मीहरु वताउँछन्।
चिकित्सकका अनुसार एनजिओप्लास्टी गरेपछि राष्ट्रपति पौडेललाई दुई दिन अस्पतालमा नै राख्ने तयारी छ। स्रोतका अनुसार अस्पताल निर्देशक डा. चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राष्ट्रपति पौडेलको शल्यक्रिया गरेको थियो । तर अस्पताल भर्ना भएका राष्ट्रपतिको विषयमा उनको सचिवालयले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।