अवैध खानेकुरा खाएपछि कैलाली कारागारमा कैदीबन्दी र कर्मचारी कुटाकुट

जिल्ला कारागार कैलालीमा जेठ २२ गते कैदीबन्दी र कर्मचारीबीच कुटाकुट भएको खुलेको छ। कुटाकुटमा परि कारागारका आउटडोर चौकीदार सन्तोषकुमार शाही र खगेन्द्र बमलगायतका केही कैदीहरू घाइते भएका छन्।
लम्कीका भुपेन्द्र बडुवालको हत्या प्रकरणमा कैद भुक्तान गरिरहेका ‘किलर ग्याङ’सहितका कैदी र चौकीदारबीच कुटाकुट भएको हो। उक्त घट्नापछि १६ जना कैदी र केही कर्मचारीलाई भैरहवा, नेपालगन्ज र नवलपरासी लगायतका जिल्लामा सरुवा गरिएको छ।
तर भुपेन्द्र हत्याकाण्डका अभियुक्तहरू भने कैलाली कारागारमै छन्। उनीहरूले कारागारभित्रै दादागिरी गर्ने र गुन्डागर्दी गर्ने गरेको स्रोतले दावी छ। कैलालीका सिडिओ युवराज कट्टेलले भने कुटाकुट नभई अवैध खानेकुरा लिएर जेलभित्र कैदीहरूले विवाद गरेको वताए। अवैध खानेकुरा के हो ? भन्ने विषय भने उनले खुलाएनन्।
उनले त्यही बेला त्यहाँको चौकीदार मानबहादुर खड्का र सुरक्षाको टिम पुरै फेरिएको बताए। घटना भएको दिन असई योगेन्द्र बोहरा ड्युटीमा रहेको पाईएको छ। कारागार प्रहरीका प्रमुख सई चरन बुढाथापा भने बिदामा थिए।
सिडिओ कट्टेलका अनुसार जेलर पदमराज तिमिल्सिना पनि बिदामा थिए। तिमिल्सिना ट्रेनिङका लागि भन्दै काठमाडौं आएको जनाईएको छ।
कैलाली कारागार कुटाकुट